काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिले सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिको संस्थागत धारणा बाहेकमा पूर्ण असहमति जनाएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले आन्दोलन फिर्ता गर्ने निर्णयको विरोध गरेको हो।
महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारी द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “दोस्रो चरणको सडक आन्दोलनको २९ औँ दिन पश्चात् मिति २०८२/०१/१७ गतेका दिन नेपाल सरकार र नेपाल शिक्षक महासंघ बिच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमको विषयमा नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पूर्ण रूपमा असहमति रहेको ब्यहोरा सबैमा जानकारी गराउँदै नेपाल विद्यालय कर्मचारी परिषद्को संस्थागत धारणा बाहेकको सहमतिको घोर भर्त्सना गर्दछौँ ।”
थप कार्यक्रम आजका लागि बोलाइएको समीक्षा बैठक पश्चात् सार्वजनिक गरिने परिषद्ले जनाएको छ।