Matra Education आइतबार, साउन १० २०८३

विद्यालय शिक्षा ऐन असार १५ गतेसम्म जारी हुने, शिक्षक आन्दोलन स्थगित

विद्यालय शिक्षा ऐन असार १५ गतेसम्म जारी हुने, शिक्षक आन्दोलन स्थगित

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख १७ २०८२


काठमाडौँ- शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच बुधवार विद्यालय शिक्षा ऐन आगामी असार १५ गतेसम्म जारी गर्ने सहमति भए सँगै सडक आन्दोलन स्थगित भएको हो।

महासङ्घले एक विज्ञप्ति जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति र सत्तापक्षका प्रमुख सचेतकहरूले नयाँ विद्यालय शिक्षा ऐन २०८२ आषाढ १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने लिखित प्रतिबद्धता व्यक्त गरेपछि हड्ताल स्थगित गरिएको जनाएको हो।

सरकारसँग भएका सहमति र मन्त्रिपरिषद्बाट निर्णय भइसकेका केही मागहरू कार्यान्वयन हुने प्रतिबद्धता अनुसार आजको मितिबाट लागू हुने गरी सबै आन्दोलनका कार्यक्रम स्थगित गरिएको महासङ्घले स्पष्ट पारेको छ।

महासङ्घले विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन तथा परीक्षा सम्बन्धी सम्पूर्ण कार्य यथाशीघ्र पुनः सुरु गर्न सबैलाई अनुरोध गरेको छ। तथापि, तोकिएको समयमा विद्यालय शिक्षा ऐन जारी नभए आन्दोलन पुनः तीव्र बनाइने चेतावनी पनि दिइएको छ।

नेपाल शिक्षक महासङ्घको यो निर्णयसँगै मुलुकभरका विद्यालयमा पठनपाठन पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड