Matra Education आइतबार, साउन १० २०८३

शिक्षक महासंघ र सरकार बिच सहमति, मन्त्रिपरिषद् बैठक पछि सार्वजनिक हुने

शिक्षक महासंघ र सरकार बिच सहमति, मन्त्रिपरिषद् बैठक पछि सार्वजनिक हुने

  • मात्र एजुकेशन
  • बुधबार, बैशाख १७ २०८२


काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा सम्पन्न वार्ता सहमति नजिक पुगेको छ । बैठकमा सहभागी एक सदस्यका अनुसार केही प्राविधिक विषय बाहेक अधिकांश बुँदामा सहमति बनेको छ ।

शिक्षक महासंघले विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, तलब समानता, राहत र निजी विद्यालय शिक्षकको विषयमा मन्त्रिपरिषद्बाट निर्णयको माग गर्दै ९ बुँदे प्रस्ताव पेस गरेको थियो ।

सहमति सुनिश्चित गर्न सत्तारुढ दलका प्रमुख सचेतकहरू समेत वार्तामा सहभागी छन् । एमाले प्रमुख सचेतक महेश बर्तौलाले वार्ता सकारात्मक रहेको बताएका छन् । सहमतिको टुंगो लगाउन मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड