Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षाका लागि नयाँ मिति तय, अब २१ गतेबाट हुने

कक्षा १२ को परीक्षाका लागि नयाँ मिति तय, अब २१ गतेबाट हुने

  • मात्र एजुकेशन
  • मंगलबार, बैशाख ९ २०८२


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्व निर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पछि यस सम्बन्धी निर्णय गर्न बोर्ड बैठक बसेको थियो। भर्खरै सम्पन्न बैठकले २१ गते देखि परीक्षा सञ्चालन गर्ने गरी नयाँ मिति तोकेको हो।

यस अघि प्रधानमन्त्री ओलीलाई भेट्न परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले बालुवाटार पुगेका थिए। उक्त भेटमा ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड