काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षा परीक्षा निर्धारित मितिमै हुने भएको छ । मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा तोकिएको समयमै गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाका लागि सबै तयारी भइसकेकाले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरिएको बताए ।
बोर्डले कक्षा १२ को परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो । यो निर्णय पश्चात् तोकिएकै समय परीक्षा (वैशाख ११ देखि २४ गते सम्म) मा परीक्षा हुनेछ।