Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रममा नपर्नुस्: परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रममा नपर्नुस्: परीक्षा बोर्ड

  • मात्र एजुकेशन
  • शुक्रबार, बैशाख ५ २०८२


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्ने भ्रामक हल्लामा नपर्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै बोर्डले परीक्षा स्थगनबारे कुनै निर्णय नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा फैलिएका यस्ता गलत सूचनाबाट सतर्क रहन अनुरोध गरेको हो।

परीक्षा सम्बन्धी आधिकारिक सूचना बोर्डको वेबसाइटमा मात्र प्रकाशित हुने उल्लेख गरेको बोर्डले अध्यक्षको सक्कल हस्ताक्षर बिना आएका सूचना झूटा हुने सूचित गरेको छ। साथै त्यस्ता सूचना नपत्याउन बोर्डले आग्रह गरेको छ।

झूटा सूचना फैलाउनेलाई साइबर कानुनअनुसार कारबाही गरिने बोर्डले चेतावनी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड