Matra Education आइतबार, साउन १० २०८३

शिक्षकहरूको सडक आन्दोलन; आज टर्च बालेर सरकार खोजिँदै

शिक्षकहरूको सडक आन्दोलन; आज टर्च बालेर सरकार खोजिँदै

  • मात्र एजुकेशन
  • मंगलबार, चैत्र २६ २०८१


काठमाडौँ- विभिन्न रचनात्मक दबाब पश्चात् सडक आन्दोलनमा ओर्लिएका शिक्षकहरूले आज दिउँसै टर्च बालेर सरकारलाई खोजका छन् । माइतीघर मण्डलामा ६ दिन देखि आन्दोलनमा रहेको भए पनि सरकारले माग सम्बोधन गर्न चासो नदिएको भन्दै उनीहरूले बत्ती बालेर सरकारको उपस्थिति खोजेका हुन्। यस अघि उनीहरूले सिट्ठी फुकेर, कालो मास्क लगाएर मौन रहेर र अन्य विभिन्न शैलीमा आन्दोलन गर्दै आएका थिए। विद्यालय शिक्षा विधेयक तत्काल जारी हुनुपर्ने माग सहित शिक्षकहरू सडकमा निस्किएका हुन्।

करिब एक लाखको हाराहारीमा दैनिक शिक्षकहरू सडकमा निस्किरहेको महासंघको दाबी छ। उनीहरूलाई सरकारले वार्तामा बोलाएको भए पनि यस पटक वार्ताको कुनै आवश्यकता नभएको भन्दै शिक्षकहरूले वार्तामा बस्न अस्वीकार गरेका छन्। शिक्षा विधेयक जारी भए पछि सडक बाटै विद्यालय फर्किने शिक्षकहरूको घोषणा छ।

आन्दोलनरत महासंघले सडक बाटै आम शैक्षिक हडतालको घोषणा गरेको छ। हिजो सोमबार देखि गरिएको हडतालका क्रममा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले भनेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड