Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स कलेज र साङ्ग्रिला विकास बैंकबीच सहकार्य सम्झौता

सेन्ट लरेन्स कलेज र साङ्ग्रिला विकास बैंकबीच सहकार्य सम्झौता

  • मात्र एजुकेशन
  • शनिबार, चैत्र २३ २०८१


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेज र साङ्ग्रिला विकास बैंक लिमिटेड बालुवाटार बिच सहकार्य सम्झौता भएको छ। बिहीबार कलेजका तर्फबाट क्याम्पस प्रमुख पुरुषोत्तम महर्जन र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अपूर्व प्रसाद जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस सहकार्य अन्तर्गत बैंकले कलेजका विद्यार्थीहरूलाई इन्टर्नसिप अवसर, करियर अवसर, जागिर मेलाका कार्यक्रम, विद्यार्थी भ्रमण र गेस्ट स्पिकर सत्रहरू उपलब्ध गराउनेछ। यस्तै कलेजले बैंकलाई आवश्यक समन्वय तथा सहयोग, विद्यार्थी भ्रमण, इन्टर्नसिप र करियर अवसर साथै जागिर मेलामा सहभागिता प्रदान गर्नेछ।

यो सहकार्य पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै कलेजका क्याम्पस प्रमुख महर्जनले यो सहकार्यको उद्देश्य कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई विविध सीप र थप ज्ञान प्रदान गर्ने रहेको बताए। यो सम्झौताले शिक्षा र वित्तीय क्षेत्र बिचको सहकार्यलाई मजबुत बनाउँदै विद्यार्थीहरूलाई व्यावसायिक रूपमा सक्षम बनाउन सहयोग गर्ने उनको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड