Matra Education आइतबार, साउन १० २०८३

टेक्सास मन्टेश्वरीको दीक्षान्त समारोह सम्पन्न

टेक्सास मन्टेश्वरीको दीक्षान्त समारोह सम्पन्न

  • मात्र एजुकेशन
  • सोमबार, चैत्र १८ २०८१


काठमाडौँ- चाबहिल स्थित टेक्सास मन्टेश्वरीले दीक्षान्त समारोह सम्पन्न गरेको छ। सोमबार बिहान विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच टेक्सास मन्टेश्वरीले कक्षा युकेजी उत्तीर्ण गरेका ३९ जना विद्यार्थीहरूलाई दीक्षित गरेको हो। टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्क द्वारा सञ्चालित टेक्सास मन्टेश्वरीले बालबालिकाहरूको चौतर्फी विकासका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ।

टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका अध्यक्ष भेषराज पोखरेल, ‘चिफ अफ एकेडेमिक्स’ प्रा डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ, स्कुल संयोजक लेखराज घिमिरे सहित नेटवर्कका प्रशासकहरू, शिक्षक, कर्मचारीहरू सहित मन्टेश्वरीका अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दीक्षित भएका बालबालिकाहरूले देखाएको उत्कृष्ट प्रस्तुतिहरूले टेक्सास मन्टेश्वरी आफ्ना बालबालिकाहरूको सर्वपक्षीय विकासका लागि क्रियाशील रहेको प्रमाण पेस गरेको थियो। आफ्ना स-साना बालबालिकाहरूको अर्थपूर्ण प्रस्तुति देखेर मन्टेश्वरीका अभिभावकहरू प्रफुल्लित देखिन्थे।

कार्यक्रमलाई सम्बोधन गर्दै नेटवर्कका अध्यक्ष पोखरेल र एकेडेमिक प्रमुख आचार्यले टेक्सास मन्टेश्वरी स्थापना काल देखि नै बालबालिकाको विकासका लागि क्रियाशील रहेको र उनीहरूको सुन्दर भविष्यको जग बसाल्ने काम गरिरहेको बताए। बालबालिकालाई असल र सफल बनाउन भूमिका खेल्ने शिक्षिकाहरू प्रति दुवैले विशेष आभार प्रकट गरे।

कार्यक्रममा बालबालिकाहरूलाई केकको मिठो स्वाद सहित प्रोत्साहनका लागि दीक्षित भएको प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो। हालसम्म टेक्सास मन्टेश्वरीमा पढेका विद्यार्थीहरूबाट कुनै गुनासो नआएको र मन्टेश्वरीलाई अझै विस्तारित गर्ने योजनामा रहेको टेक्सास प्रशासनले जनाएको छ।

कार्यक्रम पछि मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्रेष्ठले बालबालिकाहरूलाई राम्रो गरियो र मेहनत गरियो भने सम्मानित हुन पाइँदो रहेछ भन्ने भाव जगाउनका लागि कार्यक्रम आयोजना गरिएको प्रतिक्रिया दिए। यस्ता कार्यक्रमले बालबालिकामा उत्साह र उमङ्ग भर्ने र नयाँ किसिमको सिकाई पनि प्रदान गर्ने उनको भनाइ थियो।

टेक्सासका विद्यालय संयोजक घिमिरेले टेक्सास प्रतिको साथ सहयोग र विश्वासका लागि आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गरे।

उक्त कार्यक्रमका थप तस्बिरहरु यहाँ क्लिक गरेर हेर्नुहोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड