Matra Education आइतबार, साउन १० २०८३

विद्यालय शिक्षा विधेयकबारे प्रमुख सचेतकहरू सहित मन्त्रीको छलफल

विद्यालय शिक्षा विधेयकबारे प्रमुख सचेतकहरू सहित मन्त्रीको छलफल

  • मात्र एजुकेशन
  • शुक्रबार, चैत्र १५ २०८१


काठमाडौँ- संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको विद्यालय शिक्षा सम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउने विषयमा एक छलफल भएको छ। शुक्रवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आयोजनामा विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल भएको हो।

समिति सभापति अम्मर बहादुर थापा सहित दलका प्रमुख सचेतकहरू र मन्त्री बिच आज बिहान शिक्षा मन्त्रालयमा छलफल भएको सत्तारुढ दलका प्रमुख सचेतक महेश कुमार बर्तौलाले जानकारी दिएका छन्। उनले शिक्षा मन्त्री भट्टराईको यस पहलकदमीका लागि आभार व्यक्त गरेका छन्।विधेयकलाई अघि बढाउन आवश्यक रणनीति र प्रक्रिया सम्बन्धमा छलफल भएको बताइएको छ।

समितिको केही दिन अघि बसेको बैठकले उपसमिति बनाएर काम अघि बढाउने निर्णय गरेको थियो। यता नेपाल शिक्षक महासंघको नेतृत्वमा ऐन छिटो जारी गराउन दबाब दिन भन्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड