काठमाडौ- शिक्षालय मासिक पत्रिकाको प्रस्तुति तथा पानोरमा अनलाईन टेलिभिजनको आयोजनामा स्पीकर नेपालको दोस्रो सिजन सम्पन्न भएको छ।
दोस्रो सिजनको फाइनल राउन्ड अडिसनको उपाधी लिट्टिल एञ्जल्स स्कुलका कक्षा ८ की छात्रा आश्री रौनियारले जितेकी छन। उक्त अडिसनमा फष्ट रनर अपमा लिट्टिल एञ्जल्सकै कक्षा ९ का सम्पन्न बानियाँ र सेकेण्ड रनर अपमा पनि सोही विद्यालयका कक्षा ८ का छात्रा निर्देष्टा ढकाल, कक्षा ९ का छात्रा युनिशा शाक्य र कक्षा ६ का छात्रा आरोही कुँवर सफल भएका छन् ।
स्पीकर नेपालको दोस्रो सिजनको अडिसन राउण्ड ललितपुरमा अवस्थित अनल ज्योति स्कुल, श्रीकुल स्कुल, लिट्टिल एञ्जल्स स्कुल र काठमाण्डौं चावहिलमाा अवस्थित सेन्ट लरेन्स स्कुलमा भएको थियो । उपत्यकाको ‘क’ श्रेणीका २० वटा विद्याालयबाट करीब २०० जना विद्याार्थीहरुले सहभागिता जनाएका थिए ।
अडिडसन राउण्डबाट सेलेक्सन राउण्डमा ५० जना विद्यार्थीहरु पुग्न सफल भएका थिए । सेलेक्सन राउण्डबाट फाइनल राउण्डमा टप ११ छानिएका थिए । यसरी बिभिन्न चरण पार गर्दै फाइनल राउण्डमा सबैलााई उछिनेर आश्री रौनियार दोस्रो सिजनको स्पीकर नेपाल बन्न सफल भएकि हुन् ।
स्पीकर नेपाल उपाधी बिजेतालाई २५,००० नगद, फष्ट रनर अपलाई १५,०० र सेकेण्ड रनर अप तीनै जनालाई जनही १०/१० हजार नगद राशी प्रदान गरिएको थियो। पुरस्कारको प्रायोजन आलिशान वर्ल्ड फर्निचरले गरेको थियो । आलिशान वर्ल्ड फर्निचरले स्पीकर नेपालको मुख्य प्रायोजकको रुपमा विगत वर्षदेखि नै सहकाार्य गर्दै आएको छ ।
स्प्किर नेपालको आयोजना गर्नुको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा आत्माविश्वास बढाउन, पठन शैली र खोज गरेर ज्ञानको दायरा बढाउने परिपाटीको विकास गर्नु रहेको पानोरमा टेलिभिजनका अध्यक्ष श्याम तण्डुकारले बताए। ज्ञानको दायरा बढेपछि विद्यार्थीहरुले आाफ्नो भाव, बिचार र तर्क सबैका सामु निधक्क संग राख्न सक्ने उनको भनाइ छ।