Matra Education आइतबार, साउन १० २०८३

रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान तथा साहित्य मेला भव्य रूपमा सम्पन्न

रिलायन्स एजुकेसन नेटवर्कको विज्ञान तथा साहित्य मेला भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, फाल्गुन ४ २०८१


काठमाडौँ- रिलायन्स इन्टरनेशनल एकेडेमी, चाबहिलले रिलायन्स विज्ञान प्रदर्शनी तथा साहित्य महोत्सव २०२५ भव्यताका साथ सम्पन्न गरेको छ। फागुन १ देखि ३ गतेसम्म सञ्चालन गरिएको मेलामा विज्ञान, प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा साहित्यका विविध गतिविधिहरू समेटिएका थिए। आयोजकका अनुसार मेला विज्ञान तथा प्रविधिमा विद्यार्थीहरूको रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

मेलामार्फत करिब ५,००० विद्यार्थीहरू लाभान्वित भएका छन्। ५२ विद्यालयका विद्यार्थीहरूको अवलोकन भ्रमण रहेको यस मेलामा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी ४९ स्टलहरू राखिएका थिए। मेलाको आयोजना रिलायन्स साइन्स एन्ड आइटी क्लब र रिलायन्स साहित्य क्लबले संयुक्त रूपमा गरेका थिए।

यस वर्षदेखि रिलायन्स एजुकेसन नेटवर्कले साहित्य मेला समेत समावेश गरेको थियो। सोही अवसरमा मदन पुरस्कार विजेता अमर न्यौपाने र लेखक उद्धव प्याकुरेलको विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

मेलाको क्रममा पाँचौँ रिलायन्स गायन प्रतियोगिता समेत भव्य रूपमा सम्पन्न भएको थियो। साथै सूचना प्रविधिसँग सम्बन्धित ‘ह्याकाथन प्रतियोगिता’ समेत आयोजना गरिएको थियो। विज्ञान प्रदर्शनी प्रतियोगितामा कलेज विधातर्फ ट्रिनिटी कलेज र विद्यालय विधातर्फ रिलायन्स पब्लिक स्कुल प्रथम भएका थिए।

फागुन ३ गते सम्पन्न समापन समारोहको अध्यक्षता रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष रविन्द्र जङ्ग थापाले गरेका थिए भने प्रमुख अतिथि अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख सह–प्राध्यापक लोक बहादुर बराल रहेका थिए। प्रमुख अतिथि बरालले रिलायन्स जस्तो उदाहरणीय संस्थाले अनुसन्धानमुखी र विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन गर्नु अत्यन्त प्रशंसनीय रहेको बताए।

कार्यक्रममा रिलायन्सका विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्य रहेको थियो। कार्यक्रममा बोल्दै रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा वरिष्ठ चार्टर एकाउन्टेन्ट राजुकुमार सिवाकोटीले यस्ता रचनात्मक गतिविधिले विद्यार्थीहरूलाई सिकाइमा थप टेवा पुग्ने बताएका थिए।

अन्त्यमा रिलायन्स साइन्स एन्ड आइटी क्लबका सचिव आदित्य भूषण कुशवाहा तथा रिलायन्स साहित्य क्लबकी उपाध्यक्ष यूनिका गुरुङले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। समापन कार्यक्रमका सभापति तथा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष थापाले २०८२ सालमा अझ भव्य रूपमा पाँचौँ विज्ञान तथा साहित्य मेला आयोजना गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड