Matra Education आइतबार, साउन १० २०८३

टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा ३०औँ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा ३०औँ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

  • मात्र एजुकेशन
  • बुधबार, माघ ३० २०८१


काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेसनल कलेजको आयोजनामा ३० औँ इटाम अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरनेसनल कन्फरेन्स अन आइटी एप्लिकेसन एन्ड म्यानेजमेन्ट) आजदेखि सुरु भएको छ। पहिलो दिनको सत्र काठमाडौँको मल्ल होटल बाट सुरु भएको हो। पहिलो दिन विभिन्न कार्यपत्रहरू प्रस्तुत हुनुका साथै उद्यमशीलता, आध्यात्मिकता र डिजिटल अन्वेषणलाई जोड्ने विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

टेक्सास इन्टरनेशनल कलेजको आयोजना तथा इन्टरनेशनल इटाम सोसाइटी, कोरिया डाटा स्ट्रेटेजी सोसाइटी, कोरिया आइटी इन्टरप्राइज कम्पिटेन्सी एसोसिएसन, त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र लुम्बिनी विश्वविद्यालयको सहकार्यमा आयोजना गरिएको यो सम्मेलनमा १५ भन्दा बढी देशका प्रतिष्ठित अनुसन्धानकर्ता, विद्वान र उद्योगका अगुवा सहभागी भएका छन्।

‘डिजिटल नवप्रवर्तनको युगमा उद्यमशीलता र आध्यात्मिकता’ भन्ने मूल विषयका साथ सुरु भएको यस सम्मेलनमा ७० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गरिनेछ भने ३० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन्।

आज मल्ल होटेल बाट सुरु भएको सो सम्मेलन भोलि टेक्सास इन्टरनेसनल कलेज, चाबहिलमा र बाँकी दुई दिन लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजना हुनेछ। बाँकी तिन दिन नै विभिन्न कार्यशालाहरू तथा छलफल सत्रहरू सञ्चालन हुने आयोजकको भनाई छ।

पहिलो दिनको सम्मेलन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल कलेजका प्राचार्य श्याम सुन्दर श्रेष्ठले यस किसिमको महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्न पाएकोमा टेक्सास परिवार हर्षित रहेको बताए। आजको दिनमा आध्यात्मिकता बिना कुनै पनि कुरा पूर्ण नहुने भन्दै उनले भौतिक दुनियाँमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई आध्यात्मिकता सँग जोडेर लैजानुपर्ने स्पष्ट सन्देश कार्यक्रमले दिने उल्लेख गरे। टेक्सास यस किसिमको कार्यक्रम आयोजना गर्नका लागि भोलिका दिनमा पनि सहकार्य गर्न तयार रहेको श्रेष्ठको भनाई थियो।

फागुन ५ गतेसम्म चल्ने यस सम्मेलनले सूचना प्रविधि, उद्यमशीलता र आध्यात्मिकताको अन्तरसम्बन्धबारे गहन छलफल गर्दै नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड