Matra Education आइतबार, साउन १० २०८३

टेक्सास एनुअल इसिए तथा स्पोर्ट्स मिट भव्यताका साथ सम्पन्न 

टेक्सास एनुअल इसिए तथा स्पोर्ट्स मिट भव्यताका साथ सम्पन्न 

  • मात्र एजुकेशन
  • शनिबार, माघ १२ २०८१


काठमाडौँ- चाबहिल स्थित टेक्सास एजुकेसन नेटवर्कले एनुअल इसिए तथा स्पोर्ट्स मिट सम्पन्न गरेको छ। नेटवर्कले हरेक वर्ष एक हप्ता सम्म विविध गतिविधिहरू गर्दै सञ्चालन गर्ने एनुअल स्पोर्ट्स मिटको यो वर्षको संस्करण सम्पन्न भएको हो। गत माघ ५ गते उद्घाटन भए पश्चात् सुरु भएको प्रतियोगितात्मक कार्यक्रम हिजो  शुक्रवार माघ ११ गते कलेज परिसरमा आयोजित एक औपचारिक कार्यक्रम बाट समापन भएको हो। समापन कार्यक्रममा प्रतियोगितात्मक गायन तथा नृत्य प्रतियोगिता पनि राखिएको थियो।

टेक्सास इन्टरनेसनल कलेजका अध्यक्ष भेष राज पोखरेलको सभापतित्व तथा प्रहरी वृत्त गौशालाका डिएसपी सुकदेब खनालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा टेक्सासका एकेडेमिक चिफ प्रा.डा गोविन्द प्रसाद आचार्य, प्रबन्ध निर्देशक जितेन्द्र कुमार बाखु, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ सहित विभिन्न तहमा कार्यरत प्रशासक तथा शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा  संगीत तथा नृत्य दुनियाँका चर्चित हस्तिहरू कृष्ण रसाल, नारायण रिजाल, माण्डबि त्रिपाठी र डेबिड शंकरले अतिथि र निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा साता भर सञ्चालन भएका विभिन्न अतिरिक्त क्रियाकलाप तथा खेलकुदका प्रतियोगिताहरूका विजयी र उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो।

कार्यक्रम समापन पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास इन्टरनेसनल स्कुल/कलेजका प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठले विद्यार्थीहरूको चौतर्फी विकासका लागि कार्यक्रम आयोजना गरिएको र सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिए। उनले मन्टेश्वरी देखि स्नातकोत्तर तह सम्मका विद्यार्थीहरूले उत्साहजनक रूपमा उल्लेख्य सहभागिता जनाउँदै विभिन्न प्रतियोगिताहरूमा भाग लिएको बताए। टेक्सास इन्टरनेसनलले सधैँ आधुनिक शिक्षा सँगै संस्कार र अध्यात्मवादको संयोजन गर्ने गरेको भन्दै उनले योग, ध्यान र खेलकुद मानव जीवनको अभिन्न अंग भएको उल्लेख गरे। यस किसिमका खेलकुद प्रतियोगिताहरूले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै जीवनमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार पार्ने उनको भनाई थियो।

समापन कार्यक्रमलाई टेक्सास कलेजका एकेडेमिक कोअर्डिनेटर अग्नि लुइँटेलले कुशलता पूर्वक सञ्चालन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड