Matra Education आइतबार, साउन १० २०८३

हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस गरिने, माघ १५ सम्म प्रदेश छलफल सक्दै समिति

हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेस गरिने, माघ १५ सम्म प्रदेश छलफल सक्दै समिति

  • मात्र एजुकेशन
  • मंगलबार, माघ ८ २०८१


काठमाडौँ- संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० माथिको प्रदेश छलफल माघ १५ सम्म सक्ने तयारी गरेको छ। सुझाव संकलनका लागि विभिन्न प्रदेश पुगिरहेको समितिले आगामी हिउँदे अधिवेशनमा संसद्मा विधेयक पेस गर्ने गरी तयारी गरिरहेको समिति सभापति अम्मर बहादुर थापाले बताए।

मात्र एजुकेसन सँगको संवादमा थापाले भने, ‘अहिले हामी प्रदेशमा सुझाव संकलनकै क्रममा रहेका छौँ। ६ गते गण्डकी प्रदेशमा सुझाव संकलन गरेर फर्किएका थियौँ। भोलि ९ गते लुम्बिनीमा सुझाव लिने कार्यक्रम छ। त्यसैले अहिले हामी त्यस तर्फ जाँदै छौँ। यसरी सुझाव संकलन गर्दा समितिले प्रत्येक प्रदेशका ३/३ वटा राम्रा/नराम्रा स्कुलहरू हेर्ने, त्यहाँ विभिन्न सरोकारवालाहरू सँग अन्तरक्रिया गर्ने र उनीहरूको सुझाव संकलन गर्ने गरेको छ।’ सबैका सुझावहरू समेटेर विधेयकलाई नेपालको शिक्षाको समस्या समाधान गर्न सक्ने बनाउनका लागि आफूहरूले अधिकतम प्रयास गरिरहेको भन्दै उनले अगाडी थपे, ‘१४ गते बागमती प्रदेशमा सुझाव संकलन सकेर हामी सोही साँझ बाटै सुझावहरू एकीकृत गर्ने प्रक्रियामा जानेछौँ। यो प्रक्रिया सकेपछि माघ २२ गते बाट दफावार छलफल सुरु गर्ने र यो विधेयक यही हिउँदे अधिवेशनमा पेस गर्ने हाम्रो प्रयास हुनेछ।’

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रवार दिउँसो १ बजे संसद्को हिउँदे अधिवेशन आव्हान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड