Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्समा शिक्षक तथा कर्मचारीका लागि लागि इएमआइएस तालिम सम्पन्न

सेन्ट लरेन्समा शिक्षक तथा कर्मचारीका लागि लागि इएमआइएस तालिम सम्पन्न

  • मात्र एजुकेशन
  • मंगलबार, माघ १ २०८१


काठमाडौँ- चाबहिल स्थित सेन्ट लरेन्स कलेजले आफ्ना शिक्षक तथा प्रशासनिक कर्मचारीलाई शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआइएस) सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ। तालिम शनिवार कलेजको सगरमाथा हलमा सम्पन्न भएको हो।

कार्यक्रममा स्नातक र स्नातकोत्तर तहमा अध्यापन गर्ने ४५ जना शिक्षकको सहभागिता रहेको थियो। तालिम कलेजका अध्यक्ष केशवप्रसाद दंगालको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले तालिमको उद्देश्य र महत्वबारे जानकारी गराउँदै तथ्यांक व्यवस्थापनमा यो तालिमले पुर्‍याउने योगदानबारे चर्चा गरेका थिए।

स्वागत मन्तव्य कलेजका निर्देशक विष्णु हरि न्यौपानेले राखेका थिए भने अध्यक्ष दंगालले तालिमको शुभारम्भ गर्दै सहभागीहरूलाई शुभकामना व्यक्त गरेका थिए । तालिममा सहजकर्ताको भूमिका ‘अल्पाइन नलेज म्यानेजमेन्ट’ का निर्देशक सुधीर राईले निर्वाह गरेका थिए।

यो तालिमले कलेजको तथ्यांकलाई व्यवस्थित रूपमा संकलन, विश्लेषण र प्रयोग गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। तालिम साँझ ४ बजे समापन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड