काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरेको छ।
आयोगको मिति २०८१/०९/२६ गतेको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन आह्वान गरिएको आयोगले जनाएको छ। योग्य उम्मेदवारहरूले पुस २८ गतेदेखि आयोगको अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्नेछन्।
