Matra Education आइतबार, साउन १० २०८३

जमुनापुर प्राथमिक विद्यालयको शैक्षिक सुधारमा रिलायन्सको योगदान

जमुनापुर प्राथमिक विद्यालयको शैक्षिक सुधारमा रिलायन्सको योगदान

  • मात्र एजुकेशन
  • मंगलबार, पौस ९ २०८१


काठमाडौँ – रिलायन्स पब्लिक स्कुलले चितवनको रत्ननगर नगरपालिका–१२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर (क) सँग शैक्षिक गुणस्तर वृद्धि गर्न सहकार्य सुरु गरेको छ। जमुनापुर हेल्प सोसाइटीको समन्वयमा भएको यस सम्झौतामा रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछाने र राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक विश्वहरी आचार्यले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार दुवै विद्यालयले शिक्षण पद्धति र शैक्षिक अनुभव आदान–प्रदान गर्नेछन्। रिलायन्स पब्लिक स्कुलले दशैअघि सञ्चालन गरेको कार्यक्रममा संकलित रकम र व्यक्तिगत योगदानमार्फत जमुनापुर विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ। यसले विद्यार्थीहरूको नेतृत्वदायी क्षमता र समग्र शैक्षिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै क्रममा रिलायन्स पब्लिक स्कुलले रत्ननगर–१३ स्थित स्काइ राइडर स्कुलसँग पनि सहकार्य गरी ‘इनोभेसन इन एग्रिकल्चर’ परियोजनामा कक्षा ७ का विद्यार्थीहरूको सहभागितामा प्रस्तुति गराएको छ। यस सहकार्यबाट विद्यार्थीहरूले एक अर्काबाट अनुभव र सीप सिक्ने अवसर प्राप्त गरेका छन्।

रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक लामिछानेका अनुसार विद्यालयको शैक्षिक नीतिअनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय विद्यालयहरूसँग सहकार्य गर्ने योजनाअन्तर्गत यो पहल गरिएको हो। जमुनापुर विद्यालयका प्रधानाध्यापक आचार्यले रिलायन्स स्कुल र अध्यक्ष रविन्द्रजंग थापालाई धन्यवाद दिँदै सहकार्यले विद्यालयको शैक्षिक सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड