Matra Education आइतबार, साउन १० २०८३

भुमेश्वरी मावि पूर्व विद्यार्थी समाजको विशेष भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

भुमेश्वरी मावि पूर्व विद्यार्थी समाजको विशेष भेला तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, पौस ७ २०८१


काठमाडौं- भुमेश्वरी माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको विशेष भेला तथा सांस्कृति कार्यक्रम सम्पन्न भएको छ । विद्यालयकाे स्वर्ण जयन्तीको पूर्व सन्ध्यामा शनिबार काठमाडौंमा कार्यक्रम गरिएको हो ।

समाजका अध्यक्ष गणेश गुरागाईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यक्रममा विद्यालयका पूर्व शिक्षक, व्यवस्थापन समितका पदाधिकारी, पूर्व विद्यार्थी लगायतको सहभागिता थियो । २०३२ सालमा स्थापना भएको सिन्धुपाल्चोककै अग्रणी श्री भुमेश्वरी माविले यहि पौष १७ गते आफ्नो स्वर्ण जयन्ती मनाउँदैछ । कार्यक्रमको तयारीस्वरुप काठमाडौंमा रहेका पूर्वविद्यार्थीलाई लक्षित गरिएको भेलामा पूर्व शिक्षकहरु गौरीनाथ प्रधान, ईश्वर दाहाल, घनश्याम झा, कुमार त्रिपाठी, तिलचरण गुरागाईं, रामहरि भण्डारी, विद्यालय व्यवस्थपन समितिका पूर्व अध्यक्ष त्रिलोचन भण्डारी, गंगानाथ भण्डारी लगायत सयाैकाे सङ्ख्यामा पूर्व विद्यार्थीहरुकाे सहभागीता रहेकाे थियाे।

उक्त कार्यक्रमका सभापति तथा पूर्व विद्यार्थी समाजका अध्यक्ष गणेश गुरागाईंले निकट भविष्यमा नै संस्था दर्ता गरी विधिवत रुपमा अघि बढ्ने र पूर्व विद्यार्थीहरुकाे याेगदानमा आधारित रहेर अक्षयकाेष स्थापना गरि विद्यालय र विद्यार्थीकाे शैक्षिक प्रगतिमा याेगदान पुर्‍याउने योजना रहेको बताए ।

कार्यक्रममा पूर्व शिक्षकहरुले विगत स्मरण गर्दै विद्यालयकाे विकमसक्रम सगै यस्ता कार्यक्रमहरुको आवश्यकता औंल्याए । कार्यक्रममा लोक तथा दोहोरी गायक भिमसेन खतिवडाले सांस्कृतिक प्रस्तुती दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक यमबहादुर जोतीले स्वर्ण जयन्तीको विशेष कार्यक्रममा पूर्वविद्यार्थी समाजको विशेष उपस्थितिको अपेक्षा गरिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीले पूर्वविद्यार्थीबीच सहयोग आदानप्रदानका लागि पूर्व विद्यार्थी समाज कोशेढुंगा सावित हुने बताए ।

२०६२ सालमा स्थापित भुमेश्वरी पूर्व विद्यार्थी समाजले पिकनिक कार्यक्रम, चाडपर्वहरुमा शुभकामना आदानप्रदान कार्यक्रम, पूर्व विद्यार्थी भेला, पूर्व विद्यार्थी शिक्षक पुनर्मिलन, सांस्कृतिक कार्यक्रम लगायत विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रमहरु गर्दै आईरहेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड