Matra Education आइतबार, साउन १० २०८३

नेपाली काँग्रेस शिक्षा विभागले बुधवार शिक्षा नीति बहस आयोजना गर्ने

नेपाली काँग्रेस शिक्षा विभागले बुधवार शिक्षा नीति बहस आयोजना गर्ने

  • मात्र एजुकेशन
  • मंगलबार, मंसिर १८ २०८१


काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागले नेपालको शैक्षिक रूपान्तरणको यात्रामा नयाँ सोच र रणनीति तय गर्ने उद्देश्यका साथ शिक्षा नीति बहस आयोजना गर्ने भएको छ। भोलि मङ्सिर १९ गते बुधवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले अध्यक्षता तथा समन्वय गर्ने उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। कार्यक्रममा काँग्रेसका उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरूको उपस्थिति रहनेछ। साथै काँग्रेसका तर्फबाट मन्त्री बनेका पूर्व शिक्षामन्त्रीहरू, प्रदेशका मुख्यमन्त्रीहरू, प्रदेश र संघीय संसदीय शिक्षा समितिका सदस्यहरू, विश्वविद्यालयका पूर्व उपकुलपति तथा पदाधिकारीहरू, राष्ट्रिय योजना आयोग र प्रदेश नीति आयोगका पूर्व पदाधिकारीहरू र भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।

यसैगरी, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघका पदाधिकारीहरू तथा स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्।

कार्यक्रम बारे मात्र एजुकेसन सँग कुरा गर्दै पार्टी केन्द्रीय शिक्षा विभाग सदस्य राजन श्रेष्ठले कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नयाँ सोच र रणनीति निर्माण गर्ने बताए। कार्यक्रमले शैक्षिक नीतिमा समावेश हुनुपर्ने महत्त्वपूर्ण विषयहरूलाई स्पष्ट गर्न सहयोग पुर्‍याउने उनको विश्वास छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड