Matra Education आइतबार, साउन १० २०८३

जापान सरकारद्वारा कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण

जापान सरकारद्वारा कालीदेवी माध्यमिक विद्यालयलाई छात्रावास हस्तान्तरण

  • मात्र एजुकेशन
  • सोमबार, मंसिर १० २०८१


काठमाडौँ- जापान सरकारको सहयोगमा ललितपुरको बागमती गाउँपालिका–२ स्थित कालीदेवी माध्यमिक विद्यालयमा निर्मित छात्रावास हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रमका बीच नेपालका लागि जापानी राजदूत किकुता यूताकाले विद्यालय व्यवस्थापनलाई छात्रावास हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ‘ग्रासरूट ह्युमान सेक्युरिटी प्रोजेक्टर’ (सीजीपी) अन्तर्गत दुई करोड पाँच लाखको लागतमा सुविधासम्पन्न छात्रावास निर्माण गरिएको हो ।

छात्रावास हस्तान्तरण गर्दै राजदूत किकुताले छात्रावास निर्माण कार्यमा संलग्न सबैको प्रयासको प्रशंसा गरेका थिए। छात्रावास निर्माण भइसकेपछि लामो दूरी तय गरेर विद्यालय आउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास उनले व्यक्त गरे।

नवनिर्मित छात्रावासले पठनपाठनका लागि अनुकूल वातावरण निर्माण गर्ने राजदूत किकुताको भनाइ थियो। उनले भूकम्पपछि क्षतिग्रस्त भएका विद्यालयको कक्षाकोठा पनि जापान सरकारको सहयोगले पुनर्निर्माण गरिएको उल्लेख गरे।

राजदूत किकुताले नवनिर्मित छात्रवास भवनको संरक्षणका लागि विद्यालय व्यवस्थापनका साथै स्थानीयवासी गम्भीर भएर लाग्ने विश्वास समेत व्यक्त गरे। उनले नेपाली समाजको विकास र नेपाल–जापानबीचको सम्बन्ध स्थापित गर्ने गरी अगाडि बढ्न विद्यालयका विद्यार्थीहरूलाई आग्रह गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड