Matra Education आइतबार, साउन १० २०८३

प्रतिष्ठित नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ नेपालमा पनि आयोजना हुने

प्रतिष्ठित नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ नेपालमा पनि आयोजना हुने

  • मात्र एजुकेशन
  • शनिबार, मंसिर १ २०८१


काठमाडौँ- विश्वकै प्रतिष्ठित नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ अब नेपालमा पनि आयोजना हुने भएको छ। इभेन्ट्स डाइरेक्टर रोशन गहतराजका अनुसार, ‘वर्ल्ड अफ डान्स नेपाल क्वालिफायर’ चाँडै काठमाडौँमा सम्पन्न हुने तयारीमा छ।

सन् २००८ मा सुरु भएको ‘वर्ल्ड अफ डान्स’ प्रत्येक वर्ष अमेरिकाको लस एन्जलसमा आयोजना हुने गर्छ, जसमा २५ भन्दा बढी देशका १ लाखभन्दा बढी नृत्य कलाकारहरूको सहभागिता रहँदै आएको छ। यो प्रतियोगितालाई संसारभरका नृत्य प्रेमीहरूका लागि ‘नृत्यको कुम्भ मेला’ भनेर पनि चिनिन्छ।

नेपाल संस्करणमा सहभागीहरूले तीन विधामा प्रतिस्पर्धा गर्न सक्नेछन्:

अपर डिभिजन – जुनसुकै उमेरका नृत्य कलाकारहरूको लागि खुला।
अपर टिम डिभिजन – १८ वर्षमाथिका नृत्य कलाकारहरूको लागि।
जुनियर टिम डिभिजन – १७ वर्षसम्मका नृत्य कलाकारहरूको लागि।

नेपाल क्वालिफायरबाट प्रत्येक विधाका प्रथम, द्वितीय, र तृतीय स्थान हासिल गर्ने ६ टोलीले आगामी जुलाई १६ देखि २१, २०२५ मा अमेरिकाको लस एन्जलसमा हुने ‘वर्ल्ड अफ डान्स’ वर्ल्ड फाइनलमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

यो प्रतियोगिताले नेपाली नृत्य कलाकारहरूलाई आफ्नो प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्ने र नृत्य प्रेमीहरूको लागि यो कार्यक्रम एउटा विशेष आकर्षण बन्ने अपेक्षा गरिएको गहतराजले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड