Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

  • मात्र एजुकेशन
  • आइतबार, कार्तिक ४ २०८१


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले गत भदौं २५ र २६ मा सञ्चालन गरिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

गत साउन १८ गते सार्वजनिक गरिएको नतिजा अनुसार कुल चार लाख ९१ हजार ४९७ मध्ये नियमिततर्फ नियमिततर्फ ३ लाख ९० हजार ८६८ नियमिततर्फ ३ लाख ९० हजार ८६८ सहभागी थिए । सो परीक्षामा नियमित तर्फ २ लाख ३ हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका थिए । सो परीक्षामा सहभागी मध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) मा पर्न सफल भएका थिए । एन जी ल्याउनेको सङ्ख्या १ लाख ८७ हजार २१ जना थिए । नन ग्रेडमा परेका मध्ये ६० हजार परीक्षार्थीले परीक्षा भने दिएका थिएनन् ।

कुल परीक्षार्थीको ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी–अनुत्तीर्ण) भएका थिए । नियमिततर्फ ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८–७९ का २८।२६ प्रतिशत पास भएका छन् भने २०७६–०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड