काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा भाग लिनका लागि अनलाइन फारम भर्ने म्याद थप गरेको छ।
शुक्रवार एक सूचना जारी गर्दै कार्यालयले फाराम भर्ने समय असोज २३ गतेसम्म कायम गरिएकोमा दसैँ बिदाको कारण केही विद्यार्थीहरूले आवेदन फाराम भर्न नपाएको जानकारी प्राप्त भएकोले उक्त आवेदन फाराम भर्ने समय कार्तिक ३ गते देखि १० गते सम्मका लागि थप गरिएको जनाएको हो।
विश्वविद्यालयले उक्त मिति पश्चात् समय थप नगरिने पनि सूचनामा उल्लेख गरेको छ।
