Matra Education आइतबार, साउन १० २०८३

सेन्ट लरेन्स कलेजकी छात्रा गंगा पुरीलाई मिस हेरिटेज इन्टरनेसनल मा ‘मोस्ट इन्स्पायरिङ’ उपाधि

सेन्ट लरेन्स कलेजकी छात्रा गंगा पुरीलाई मिस हेरिटेज इन्टरनेसनल मा ‘मोस्ट इन्स्पायरिङ’ उपाधि

  • मात्र एजुकेशन
  • शुक्रबार, कार्तिक २ २०८१


काठमाडौँ- सेन्ट लरेन्स कलेज चाबहिलमा कक्षा १२ मा अध्ययनरत छात्रा गंगा पुरीले ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२४’ मा ‘मोस्ट इन्स्पायरिङ’ विधाको उपाधि जितेकी छिन्। ग्रिन आर्ट मिडियाद्वारा असोज १६ गते आयोजित उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले उक्त उपाधि आफ्नो नाममा गर्न सफल भएकी हुन्।

प्रतियोगिता बारे मात्र एजुकेसन सँग कुरा गर्दै उनले भनिन् , “यो एउटा अविश्वसनीय अनुभव थियो, जसले मलाई ‘पब्लिक स्पिकिङ’ , ‘सेल्फ कन्फिडेन्स’ र ‘प्रिजेन्टेसन’ जस्ता अमूल्य सीपहरू सिकायो। म उपाधि विजेता बन्न नसके पनि धेरैको मन जित्न सकेकोमा गर्व महसुस गर्छु। ‘मोस्ट इन्स्पायरिङ’ उपविधाको उपाधि पाएकोमा खुसी छु र यसले मलाई भविष्यमा अझै राम्रो गर्न प्रेरित गरेको छ।”

आफ्नो सफलताको श्रेय सेन्ट लरेन्स कलेजलाई समेत दिँदै उनले अगाडी थपिन्, “यस यात्रामा निरन्तर साथ र समर्थन प्रदान गरेकोमा म मेरो कलेजलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँहरूको हौसलाले मलाई यति प्रतिष्ठित प्रतियोगितामा सहभागी हुनका लागि आत्मविश्वास हासिल गर्न मद्दत गरेको छ।”

पुरीलाई हौसला प्रदान गर्नका लागि कलेजका अध्यक्ष केशव प्रसाद दंगाल र प्रबन्ध निर्देशक तारा प्रसाद सुवेदी पनि कार्यक्रम स्थल पुगेका थिए। सेन्ट लरेन्सले विद्यार्थीहरूको सर्वपक्षीय विकासमा सधैँ जोड दिँदै आएकाले यस किसिमका सफलताहरू नियमित जसो हात पर्ने गरेको भन्दै कलेज प्रशासनले खुसी व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड