काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकार, शिक्षा विकास निर्देशनालयले माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएकाहरूलाई जिल्ला छनौट फाराम पेस गर्न सूचित गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै निर्देशनालयले शिक्षक सेवा आयोगबाट माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको विभिन्न विषयको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरूमा स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरूको योग्यताक्रम अनुसार रोजाइका आधारमा शिक्षक पदस्थापनका आधार तथा मार्गदर्शन बमोजिम जिल्लामा नियुक्ति तथा पदस्थापन हुने भएकाले सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन भनेको हो।
तोकिएको म्याद भित्र जिल्ला छनौट फाराम प्राप्त नभएको अवस्थामा उम्मेदवारहरूलाई शिक्षक पद बाँकी रहेको जिल्लाहरूमा नियमानुसार नियुक्तिका लागि सिफारिस गरी पठाइने समेत सूचनामा उल्लेख छ।
पुरा सुचना यहाँ क्लिक गरेर हेर्नुहोस् ।