Matra Education आइतबार, साउन १० २०८३

शिक्षा मन्त्रालयको अपिल, आज बाट तिन दिन विद्यालय बन्द

शिक्षा मन्त्रालयको अपिल, आज बाट तिन दिन विद्यालय बन्द

  • मात्र एजुकेशन
  • आइतबार, असोज १३ २०८१


काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशमा आएको अविरल वर्षाबाट भएको भौतिक र मानवीय क्षतिका कारण आज (आइतबार) देखि तीन दिन विद्यालय बन्द गर्न अपिल गरेको छ। मन्त्रालयले जारी रहेका सबै परीक्षा समेत स्थगित गरी उद्धार र राहतमा जुट्न सबै पक्षलाई अनुरोध पनि गरेको छ।

शनिवार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले अविरल वर्षाको कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालय सहित सबै शैक्षिक संस्थाका परीक्षा स्थगित गर्ने र विद्यालयहरूमा उद्धार र विपद् व्यवस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको हो।

स्थगित परीक्षा परिस्थिति आङ्कलन गरेर उपयुक्त समयमा सञ्चालन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ। विपद्मा परि ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समवेदना प्रकट गरेको छ।

यसअघि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बिपद व्यवस्थापन सम्बन्धी आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड