Matra Education आइतबार, साउन १० २०८३

टेक्सास र अस्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलबिच सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न

टेक्सास र अस्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुलबिच सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, असोज १० २०८१


काठमाडौँ- चाबहिल स्थित टेक्सास इन्टरनेशनल स्कुल र अस्ट्रेलियाको पुल्टेनी ग्रामर स्कुल बिच सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। यस अन्तर्गत गत मङ्गलवार पुल्टेनी ग्रामर स्कुलका १३ विद्यार्थी र ४ जना शिक्षक शिक्षिकाहरूको टोलीले टेक्सास स्कुलको भ्रमण गरेको हो।

१ हप्ता भन्दा बढी समय नेपाल बस्ने गरी आएको प्रतिनिधि मण्डललाई टेक्सास एजुकेसन नेटवर्कका तर्फबाट ‘चिफ अफ एकेडेमिक्स’ प्रा.डा. गोविन्द प्रसाद आचार्य, अध्यक्ष भेष राज पोखरेल, प्रधानाध्यापक श्याम सुन्दर श्रेष्ठ लगायतले स्वागत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले दुवै देशका सांस्कृतिक पक्षबारे छलफल गरेका थिए। कार्यक्रममा नेपाली र अस्ट्रेलियाली विद्यार्थीहरूले एक-अर्काको संस्कृति, शिक्षा प्रणाली र सामाजिक जीवनबारे बुझ्ने अवसर पाएका थिए। यस कार्यक्रमले नेपाल र अस्ट्रेलिया बिचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

कार्यक्रम पश्चात् मात्र एजुकेसन सँग कुरा गर्दै टेक्सास एजुकेसन नेटवर्कका प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीहरूको सोच र ज्ञानको दायरा बढाउन कार्यक्रमले भूमिका खेलेको बताए। उनले भने, “यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई वैश्विक स्तरमा सोच्न प्रेरित गर्छन् र फरक संस्कृतिबारे ज्ञान लिन प्रोत्साहन गर्छन्। हामीले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय अनुभव दिने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ। यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको नेतृत्व विकास र सांस्कृतिक समझलाई बढवा दिनेमा हामी आशावादी छौँ।”

पुल्टेनी ग्रामर स्कुलका प्रतिनिधिहरूले पनि नेपाल भ्रमणको अनुभव अत्यन्तै सकारात्मक रहेको बताउँदै आगामी दिनहरूमा नेपालसँग शैक्षिक आदानप्रदानलाई निरन्तरता दिने योजना रहेको उल्लेख गरे।

यस कार्यक्रमले नेपाल र अस्ट्रेलिया बिचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले गरेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड