Matra Education आइतबार, साउन १० २०८३

गोदावरी अपेनको आयोजनामा चार दिने एनएलपि तालिम सम्पन्न

गोदावरी अपेनको आयोजनामा चार दिने एनएलपि तालिम सम्पन्न

  • मात्र एजुकेशन
  • शुक्रबार, असोज ४ २०८१


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोदावरी नगर समितिको आयोजनामा चार दिने ‘न्युरो लिङ्गुइस्टिक प्रोग्रामिङ प्राक्टिसनर सर्टिफिकेट’ (एनएलपि) तालिम सम्पन्न भएको छ। नेक्स्ट जेन सँगको सहकार्यमा आयोजित उक्त तालिममा नेपालका पहिलो एनएलपि प्रमाणित कोच जोसेफ बि निरौला (जोस) ले प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागीहरूले जीवन परिवर्तन गर्ने प्रभावकारी विधिहरूमा प्रशिक्षण प्राप्त गर्दै आत्मविकास  र व्यक्तिगत क्षमता वृद्धि गर्ने सीपहरू प्राप्त गरेका छन्। एनएलपिको माध्यमबाट सीप र व्यवहारमा सुधार ल्याउने लक्ष्यमा केन्द्रित यो तालिमले व्यावसायिक र व्यक्तिगत दुवै क्षेत्रका सहभागीहरूलाई आकर्षित गरेको थियो।

प्रशिक्षणका प्रमुख विषयहरूमा सञ्चार कौशल सुधार, मानव व्यवहारको राम्रो बुझाइ, आत्म-चेतना, र प्रभावकारी नेतृत्व जस्ता महत्त्वपूर्ण क्षमताहरू समावेश थिए।  साथै अन्य विभिन्न महत्त्वपूर्ण विधिहरूमा पनि प्रशिक्षण प्रदान गरिएको थियो।

अपेनका उपाध्यक्ष द्वय राज्य लक्ष्मी बैदार र रिता घिमिरे तिमल्सिनाको समेत प्रत्यक्ष सहभागिता रहेको कार्यक्रममा अपेन गोदावरी, अपेन काठमाडौँ महानगर, अपेन महालक्ष्मी, अपेन ललितपुर, अपेन नागार्जुनका प्रतिनिधि, व्यवसायी, विद्यार्थी, बैंककर्मी, र हाइड्रोपावरका विशेषज्ञहरूको उपस्थिति थियो। अपेन गोदावरीका अध्यक्ष पविन जङ्ग थापाले तालिम सफल भएकोमा सहभागीहरूलाई धन्यवाद दिँदै आगामी मङ्सिर २७-३० सम्म पुनः तालिम सञ्चालन गरिने घोषणा गरे।

प्रशिक्षण पुलचोकस्थित स्क्वायर होटेलमा २०८१ साल भदौ ३१ देखि असोज ३ गतेसम्म सञ्चालन भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड