Matra Education आइतबार, साउन १० २०८३

शिक्षक सेवा आयोगले खोल्यो निमावि लाइसेन्सको फारम

शिक्षक सेवा आयोगले खोल्यो निमावि लाइसेन्सको फारम

  • मात्र एजुकेशन
  • सोमबार, भाद्र ३१ २०८१


काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र फारम खोलेको छ।

सोमबार एक सूचना जारी गर्दै आयोगले फारम खुला भएको जनाएको हो। आयोगले असोज २९ गते रातको १२.०० बजेभित्र फारम बुझाउन सूचित गरेको छ। त्यस्तै दोब्बर दस्तुर तिरेर २०८१ कार्तिक ०६ गते सम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। उम्मेदवारहरूले आयोगको तोकिएको अनलाइन दरखास्त प्रणाली मार्फत सम्पूर्ण विवरणहरू भरी नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको फोटो, दस्तखत नमुना. न्यूनतम योग्यताको लब्धाङ्क पत्र, तालिमको प्रमाणपत्र, समकक्षताको प्रमाणपत्र स्क्यान गरी तोकिएको दस्तुर तिरेर फारम भर्नुपर्नेछ।

तपाईँ यहाँ क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुन्छ:

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड