Matra Education आइतबार, साउन १० २०८३

अपेन गोकर्णेश्वरको ‘ट्यालेन्ट सो’ कार्यक्रम सम्पन्न

अपेन गोकर्णेश्वरको ‘ट्यालेन्ट सो’ कार्यक्रम सम्पन्न

  • मात्र एजुकेशन
  • बिहिबार, भाद्र २७ २०८१


काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को गोकर्णेश्वर नगर कमिटीको आयोजनामा ` ट्यालेन्ट सो´ कार्यक्रम सम्पन्न भएको छ । बुधवार बेसीगाउँ स्थित ओएसिस पार्टी प्यालेसमा आयोजित एक भव्य कार्यक्रमका बिच संस्थाले आफ्ना बालबालिकाहरूको प्रतिभा र सुन्दर प्रस्तुति उनीहरूको अभिभावकलाई देखाएको हो । बालबालिकाहरूको सर्वपक्षीय विकासका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी उनीहरूको प्रतिभा विकासका लागि काम गर्दै आएको अपेन गोकर्णेश्वरले यो पटक पनि सोही उद्देश्य राखेर कार्यक्रम आयोजना गरेको हो।

अपेन गोकर्णेश्वरका अध्यक्ष प्रकाश अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा संसद्को अर्थ समितिका सभापति तथा संघीय सांसद सन्तोष चालिसे रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामा र अपेनका केन्द्रीय महासचिव कृष्ण कुमार बोहरा रहेका थिए । कार्यक्रममा अतिथिका रूपमा अपेनका केन्द्रीय सदस्यहरू, विभिन्न नगर कमिटीका अध्यक्ष तथा प्रतिनिधिहरू र अन्य विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू रहेका थिए। कार्यक्रममा १५ वटा अपेन सदस्य विद्यालयका २५० भन्दा बढी बालबालिकाहरू र तिनका अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा आयोजकका तर्फबाट विनोद खनालले स्वागत मन्तव्य राखेका थिए भने लक्ष्मी पुडासैनीले धन्यवाद ज्ञापन गरेकी थिइन्।

कार्यक्रममा अपेन सदस्य विद्यालयका साना बालबालिकाहरूले सुन्दर गायन, फेसन सो तथा नृत्य प्रतिभा प्रस्तुत गरेका थिए। आयोजकले सहभागी सबै विद्यालयलाई मायाको चिनो र विद्यार्थीहरूलाई प्रमाणपत्र सहित सम्मान गरेको थियो।

कार्यक्रमकी विशेष अतिथि लामाले नगरपालिका अपेन सँग सहकार्य गरेर बालबालिकाको हितमा विभिन्न कार्यक्रमहरू गर्न तयार रहेको बताइन्। उनले अपेनले बाल विकासका लागि अपेनले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गरिन्।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि चालिसेले सुन्दर कार्यक्रम आयोजना गरेको भन्दै अपेन गोकर्णेश्वरलाई धन्यवाद दिए। साना बालबालिकाको हितमा काम गर्दा आफू सहकारी गर्न सधैँ तयार रहेको भन्दै उनले अपेनका आगामी कार्यक्रमहरू अझै बढियो सफल होउन् भन्ने शुभकामना दिए।

कार्यक्रमका सभापति अधिकारीले उपस्थित अतिथिहरूलाई मायाको चिनो सहित धन्यवाद ज्ञापन गरे। उनले सबैको सामूहिक प्रयासमा कार्यक्रम सफल बनाउन सम्भव भएकोमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरे।

कार्यक्रमको संयोजन जानकी खड्का र सिता पाण्डेले गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड