काठमाडौँ- शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बुधवार साँझ एक सूचना जारी गर्दै आयोगले गत जेठ २६ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षामा सम्मिलित भएकामध्ये उत्तीर्ण भएका उम्मेदवारहरूको नतिजा रोल नम्बरको क्रम अनुसार प्रकाशन गरिएको जनाएको हो । लिखित परीक्षामा सफल हुने उम्मेदवारहरूलाई तोकिएको मितिमा हुने अन्तर्वार्तामा सहभागी हुन पनि आयोगले सूचित गरेको छ।
आयोगको मिति २०८१/०५/१२ गतेको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो। नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्।