रुकुम- प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले रुकुम पश्चिम सानिभेरी गाउँपालिका मेघा वलिवाङ्ग स्थित श्री सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
भदौ ५ गते विद्यार्थी परिषद्को टोलीले गत कार्तिकमा गएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ ।
परिषद्ले प्रत्येक विद्यार्थीलाई एक थान झोला, ५ पिस कापी, पेन, ज्यामिति बाकस, विद्यालयलाई शब्दको, अङ्ग्रेजी प्राज्ञिक बोलीचाली पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको हो ।
वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जित बहादुर बुढा, विद्यालयका प्रधानाध्यापक नरेन्द्र प्रकाश ओली, लुम्बिनी प्रदेश सचिव मनिष बन्जाडे ,लुम्बिनी प्रदेश सहव्यवस्था प्रमुख गणेश जैसी लगायत विभिन्न सामाजिक व्यक्तिहरूको विशेष उपस्थिति रहेको प्रदेश सचिव मनिष बन्जाडेले जानकारी दिए ।