Matra Education आइतबार, साउन १० २०८३

महत्त्वपूर्ण उपलब्धिहरू सहित आरपिमुनको नवौँ संस्करण सम्पन्न

महत्त्वपूर्ण उपलब्धिहरू सहित आरपिमुनको नवौँ संस्करण सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, भाद्र २ २०८१


काठमाडौँ- रिलायन्स एजुकेसन नेटवर्कद्वारा आयोजित नमुना संयुक्त राष्ट्रसङ्घको ९ औँ संस्करण सम्पन्न भएको छ।साउन ३१ गते बिहीबार सुरु भएको सम्मेलनलाई भदौ १ गते शनिवार एक औपचारिक कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो।

कार्यक्रममा काठमाडौँ उपत्यका लगायतका रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका २५ शैक्षिक संस्थाहरूका २२८ विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

चाबहिल स्थित रिलायन्स पब्लिक स्कुलको सभा हलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले संयुक्त रास्ट्रसंघका विभिन्न  ८ वटा समितिमा रहेर छलफलमा सहभागिता जनाएका थिए । ‘जहाँ युवा मस्तिष्कहरू वार्ताको लागि भेला हुन्छन्’ भन्ने मूल नाराका साथ ३ दिनसम्म चलेको सम्मेलनमा मानव जगतका जल्दा बल्दा समस्यामा व्यापक छलफल गरी विश्वबन्धुत्वको भावना, मानव अधिकार, जलवायु परिवर्तनलाई के कसरी न्यूनीकरण गर्ने ? भन्ने विषयमा केन्द्रित भएर व्यापक छलफल गरी घोषणा पत्र जारी गर्दै सम्मेलन समापन गरिएको थियो।

समापन कार्यक्रमका सभापति समेत रहेका रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक एवम् सिनियर चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटीले सम्मेलनले ८ वटा समितिमा रहेका अध्यक्ष, सह–अध्यक्ष र मध्यस्थकर्तालाई मायाको चिनो हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले आपसी समझदारी गरी समस्याको निराकरण गर्न थप सहयोग पुग्ने बताए ।

उक्त समापन समारोहमा २२८ प्रतिनिधिहरू मध्ये उत्कृष्ट प्रतिनिधि र अतिविशिष्ट प्रतिनिधि सदस्यहरूलाई पुरस्कृत गर्दै रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा कूटनीतिक क्षमताको अभिवृद्धि एवम् सामूहिक रूपमा बहस गर्ने क्षमताको विकास हुने बताए । सम्मेलनको सञ्चालन आरपिमुनको नवौँ संस्करणका सम्मेलन निर्देशक दिलिप नेपालले गरेका थिए । आरपिमुन नवौँ संस्करणकी महासचिव तृष्णा बजगाईँले अर्को वर्ष १०औँ संस्करण भव्यताका साथ सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड