Matra Education आइतबार, साउन १० २०८३

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्‍यो कक्षा १२ को पुनर्योगको नतिजा

राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गर्‍यो कक्षा १२ को पुनर्योगको नतिजा

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन ३२ २०८१


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ।

शुक्रवार एक सूचना जारी गर्दै बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योगको लागि मिति २०८१ /०४ /२२ गतेसम्म अनिवार्य नेपाली (००२१), अनिवार्य अङ्ग्रेजी (००४१), सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (००६१), अनिवार्य गणित (००८१), भौतिक शास्त्र (१०२१), जीवविज्ञान (२०२१), रसायनशास्त्र (३०२१) र कम्प्युटर विज्ञान (४२८१) विषयमा निवेदन दिएका परीक्षार्थीहरूमध्ये एनजी प्राप्त गर्ने परीक्षार्थीहरूको पुनर्योगको नतिजा उत्तरपुस्तिका पुनर्योग समितिको मिति २०६१ / ०४ / ३१ गतेको निर्णयअनुसार प्रकाशित गरिएको जानकारी दिएको हो ।

परिवर्तित ग्रेडसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १० (दश) दिन पश्चात् सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयहरू मार्फत सम्पर्क गर्न समेत बोर्डले सूचित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड