Matra Education आइतबार, साउन १० २०८३

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको महानगर समितिले सम्पन्न गर्यो कविता लेखन तथा शिक्षण प्रशिक्षण कार्यक्रम

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको महानगर समितिले सम्पन्न गर्यो कविता लेखन तथा शिक्षण प्रशिक्षण कार्यक्रम

  • मात्र एजुकेशन
  • आइतबार, साउन २७ २०८१


काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौं महानगर समितिले राजधानीको शिवपुरी माविमा कविता लेखन तथा शिक्षण प्रशिक्षण सम्पन्न गरेकाे छ। गत साउन २६ गते आयोजित कार्यक्रम सङ्गठनका महानगर अध्यक्ष माधव प्रसाद ओलीकाे अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन सङ्गठनका पुर्व राष्ट्रिय अध्यक्ष डा. बाबुराम अधिकारीले गर्नुभएकाे थियाे।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनकाे शिक्षक गानका रचयिता समेत रहनुभएका प्रा.डा. देवी नेपालकाे प्रशिक्षण रहेकाे कार्यक्रममा १०० जना शिक्षक तथा केही विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे। शिक्षक सङ्गठन सग पुरानाे र आत्मिय सम्बन्ध रहेकाे बताउदै ६ घण्टाकाे प्रशिक्षणकाे क्रममा , शिक्षकहरुलाई कविताका विभिन्न विधा र आयाम काे वारेमा प्रशिक्षण दिनुभएकाे, प्रशिक्षककाे सहजिकरणमा सहभागीहरुले आफै रचना गरेर प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि डा. बाबुराम अधिकारीले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अरु सबै सङ्गठनहरुकाे पनि जननी भएकाले सङ्गठनकाे अभिभावकिय भुमिका रहने बताउनुभयाे। सङ्गठनका अध्यक्ष माधव ओलीले शिक्षक सङ्गठनले सवै विषयका शिक्षकहरुलाई विषयगत रुपमा तालिम प्रदान गर्ने र शिक्षकहरु भेटघाट गर्ने तथा अनुभव, ज्ञान सीप र विज्ञता आदानप्रदान गर्ने वातावरण सिर्जना गर्न लागिपरेकाे बताउनुभयाे।

मात्र एजुकेसन सँग कुरा गर्दै सङ्गठनका सचिव गणेश गुरागाईले भन्नुभयाे “शिक्षक सङ्गठनले शिक्षकका माग मुद्दा र अधिकारका कुरा मात्र नगरेर शिक्षकका पेशागत दक्षता अभिवृद्धि र समग्र शैक्षिक गुणस्तर सुधारमा समेत काम गरिरहेकाे छ र भविष्यमा पनि निरन्तरता दिनेछ । हामी हाम्रा कार्यक्रम र गतिविधि मार्फत शिक्षक सङ्गठन राजनीति का लागि नभएर शिक्षकहरुकाे आपसि सम्बन्ध विस्तार, विज्ञता आदानप्रदान र क्षमता विकासका लागि हाे भन्ने उदाहरण पेश गर्न चाहन्छाै ।”

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड