काठमाडौँ- मन्टेश्वरी तथा प्रि स्कुलहरूको छाता संगठन, एसोसिएसन अफ प्रि स्कुल एजुकेटर्स नेपाल (अपेन) को बुढानीलकण्ठ नगर कमिटीले ४ दिने शिक्षक तालिम आयोजना गर्ने भएको छ। संस्थाको वार्षिक तालिम कार्यक्रम अन्तर्गत आगामी साउन २७ र २८, भदौ २९ गते र मङ्सिर ३० गते बुढानीलकण्ठ स्थित सब्रिना होटेलमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
मात्र एजुकेसनलाई प्राप्त विवरण अनुसार ४ दिने उक्त तालिममा ४ जना प्रशिक्षकहरूले फरक फरक विषयमा तालिम प्रदान गर्नेछन्। पहिलो दिन निरुपमा राणा र सम्झना केसीले ‘बाल व्यवहार व्यवस्थापन’ का विषयमा तालिम दिनेछन् भने दोस्रो दिन सोनी पौडेल तामाङले ‘एकीकृत दृष्टिकोण’ को बारेमा तालिम दिनेछिन्। तेस्रो दिन कुमार थापाले ‘अभिभावक सम्बन्ध व्यवस्थापन’ मा र सिमोली देसाइले ‘शिक्षाकर्मीका लागि कृत्रिम बौद्धिकता’ बारे तालिम दिनेछन्। अन्तिम दिन भने कक्षाकोठा व्यवस्थापनमा तालिम सञ्चालन हुनेछ।