काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्पसन बिच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र अमेरिकाबिच शिक्षाको क्षेत्रमा द्विपक्षीय सहयोग आदान प्रदानका बारेमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री भट्टराईले नेपालको शिक्षा सहित विभिन्न क्षेत्रमा संयुक्त राज्य अमेरिकाले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना साकार पार्न निरन्तर सहयोगको अपेक्षा व्यक्त गरिन्। मन्त्री भट्टराई ले नेपाली शिक्षाको क्षेत्रमा अमेरिकी सरकारको प्रेरणादायी सहयोगले विकासको फड्को मार्न सहयोगी भूमिका रहने बताइन् ।
राजदूत थम्पसनले नेपाल र अमेरिका बिचको दशकौँ पुरानो सम्बन्धलाई थप मजबुत बनाउँदै विकासमा योगदान दिन तत्पर रहेको उल्लेख गरे। उनले दुई देशबिच सहकार्यका थप अवसर खोजिने बताए ।