Matra Education आइतबार, साउन १० २०८३

कक्षा १२ मा १ लाख ८७ हजार २१ जना एनजी, दुई विषयमा हुनेले पुरक परीक्षा दिन पाउने

कक्षा १२ मा १ लाख ८७ हजार २१ जना एनजी, दुई विषयमा हुनेले पुरक परीक्षा दिन पाउने

  • मात्र एजुकेशन
  • शुक्रबार, साउन १८ २०८१


काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्‌ग्रेडेड (एनजी) मा परेका छन् । परीक्षा दिएका जम्मा परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका हुन् ।

बोर्डले दिएको जानकारी अनुसार एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्‌ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने छन्। ‘सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ ।’ नतिजामा एनजी ल्याउने मध्ये एक विषय र दुई विषयमा कति विद्यार्थी छन् भन्ने तथ्यांक बोर्डले खुलाएको छैन ।

बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् । सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् । त्यस्तै २.०१–२.४० सम्म ल्याउने ८,२४०, २.४१–२.८० सम्म ल्याउने ६१,०३६, २.८१ देखि ३.२० सम्म ल्याउने ७८,०७५, ३.२१–३.६० सम्म ल्याउने ४६,८९३ विद्यार्थी रहेका छन् । त्यस्तै ३.६१–४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ९५९१ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड