काठमाडौँ- मदन पुरस्कार गुठिले ‘मदन पुरस्कार २०८०’ क लागि श्रेष्ठ सूचिमा परेका पाँच पुस्तकको सुची सार्वजनिक गरेको छ। मंगलबार साँझ एक सूचना जारी गर्दै गुठिले यसबारे जानकारी दिएको हो।
गुठीले मदन पुरस्कारका लागि कुल ३०४ पुस्तकहरू प्राप्त गरेको थियो। यी पुस्तकहरू मध्ये बाट भक्त स्याङतानको डम्फुको आत्मालाप,
जीवन क्षेत्रीको नुन तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन उत्कृष्ट पाँचको छनोटमा परेका छन्।
अब यिनै पाँच पुस्तकहरू मध्ये एकले यस वर्षको मदन पुरस्कार प्राप्त गर्नेछ।
