Matra Education आइतबार, साउन १० २०८३

लिटिल आइकन नेपाल २०२४ को उपाधि शिष्टता वर्ल्ड स्कुलकी छात्रालाई

लिटिल आइकन नेपाल २०२४ को उपाधि शिष्टता वर्ल्ड स्कुलकी छात्रालाई

  • मात्र एजुकेशन
  • मंगलबार, साउन १ २०८१


काठमाडौँ- लिटिल आइकन नेपाल २०२४ को उपाधि यस वर्ष पनि शिष्टता वर्ल्ड स्कुल (किड्स स्कुल) की छात्रा आयुना खड्काले हात पारेकी छन् । किड्स स्कुलमा कक्षा ३ मा अध्ययनरत उनले ‘जुनियर गर्ल्स’ तर्फबाट लिटिल आइकनको उपाधि जितेकी हुन् । उपाधि सँगै उनले मस्ट फ्रेन्डलि’ र ‘मिडिया चोइस’ उपाधि पनि प्राप्त गरिन्। फिनालेमा सोधिएको स्कुल जानु किन महत्त्वपूर्ण छ? भन्ने प्रश्नमा सान्दर्भिक उत्तर दिएर उनले निर्णायकको मन जितेकी थिइन् ।

त्यसैसरि उक्त विद्यालयकै कक्षा ३ कि छात्रा अनन्ता फुयाँलले पब्लिक चोइस मा ८ औँ रनर अप बन्दै ‘बेस्ट स्माइल’ टाइटल जितिन् । कक्षा ३ का छात्र प्रतीक कार्कीले पनि ‘पब्लिक च्वाइस’ ‘बेस्ट पर्फमर’ उपाधि जिते। यस्तै अलिसिया छन्त्याल ले ‘द मस्ट ब्युटिफुल कन्टेस्टेन्ट’ को उपाधि आफ्नो नाममा गरिन्।

कार्यक्रममा १९ विद्यालयका विद्यार्थीहरू सहभागी थिए । एक महिनासम्म सञ्चालन भएको आधारभूत तालिममा बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने विभिन्न कार्यक्रम सञ्चालन भएका थिए । शिष्टता वर्ल्ड स्कुलका चारै जना सहभागी विद्यार्थीहरूले निर्धक्क भएर निर्णायकको प्रश्नको उत्तर दिई सबैको मन जित्न सफल भएका थिए ।

विद्यार्थीले हरेक वर्ष उपाधि जित्दा विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीले खुसी तथा गौरव महसुस गरेको विद्यालयकी प्रधानाध्यापक शर्मिला केसीले बताइन् । विद्यार्थीको मेहनत र अभिभावकको साथ सहयोगका लागि आभार व्यक्त गरेकी उनले विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यालय परिवार सधैँ प्रतिबद्ध रहेको बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड