Matra Education आइतबार, साउन १० २०८३

नयाँ सरकारको शिक्षामन्त्रीमा एमालेकी विद्या भट्टराई

नयाँ सरकारको शिक्षामन्त्रीमा एमालेकी विद्या भट्टराई

  • मात्र एजुकेशन
  • सोमबार, असार ३२ २०८१


काठमाडौँ- एमाले सांसद विद्या भट्टराई नयाँ सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्ने भएकी छिन्। नयाँ सरकारको नेतृत्व गर्न लागेको नेकपा एमालेले आफ्नो भागमा परेको शिक्षा मन्त्रालयमा उनलाई पठाउने तयारी गरिरहेको बुझिएको छ।

कास्की– २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भट्टराई स्व रविन्द्र अधिकारीकी पत्नी हुन्। समाजशास्त्रमा एम ए र मानव शास्त्रमा एम फिल सम्मको अध्ययन गरेकी उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रको उपप्राध्यापक थिइन्। हाल उनी संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य छिन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने नयाँ सरकारको आज बिहान ११ बजे राष्ट्रपति निवासमा शपथ ग्रहण हुँदै छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड