काठमाडौँ- त्रि–ज्योति मा.वि. कपनले ‘छात्रवृत्ति दिवस’ आयोजना गरेको छ । कार्यक्रममा शैक्षिक वर्ष २०८० को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका सबै विद्यार्थीहरूलाई विद्यालयका प्राचार्य गणेशकुमार मिश्र र विद्यालयका संयोजक प्रवीन श्रेष्ठले संयुक्त रूपमा शिल्ड हस्तान्तरण गरेका हुन्।
त्रि–ज्योति मा.वि.ले आफ्नो लामो शैक्षिक यात्रा पार गर्ने क्रममा धेरै डाक्टर, इन्जिनियर नर्स, प्रशासक, व्यवस्थापक, उद्योग व्यवसायी, सिनेकर्मी, निजामती सेवा लगायत राज्यको विभिन्न तहमा रहेर योगदान दिइरहेका धेरै व्यक्तित्वहरूको निर्माण गरिसकेको सुनौलो विगतको साथमा भोलिको लागि योग्य व्यक्तित्व निर्माणमा चासो दिएको छ । “म पढ्छु, मेरै त्रि–ज्योतिमा” र “पुस्तक मेरो साथी” अभियान मार्फत बालबालिकाको ज्ञान र सिप निर्माणमा विद्यालय पछि नपर्ने कुरा पनि उक्त कार्यक्रममा प्राचार्य मिश्रले प्रस्तुत गरे । मुस्कुराउँदै विद्यालय आउने र विद्यालयबाट पनि ज्ञान र सिप लिएर रमाउँदै घर फर्किने वातावरण तयार गर्दै भाषा, प्रविधि, संस्कार र वातावरण मैत्री कक्षा प्रदान गर्ने क्रममा विद्यालय अनवरत सक्रिय रहेको कुरा प्राचार्यको तर्फबाट राख्दै सम्मानित विद्यार्थीहरूलाई दक्ष र ज्ञानी बालबालिका निर्माणमा मन, वचन र कर्मले लाग्ने धारणा व्यक्त गरे ।
त्रि–ज्योति मा.वि.का विद्यालय संयोजक प्रवीन श्रेष्ठले बालबालिकाको समग्र भलाइमा त्रि–ज्योति मा.वि.सचेत रहेको र भोलिका दिनमा पनि आफ्नो योजना र उत्साहसहित सङ्कल्प पुरा गर्न लाग्ने विश्वास प्रकट गरे । त्रि–ज्योति स्नेह, ज्ञान र नेतृत्व प्रदान गर्ने शैक्षिक संस्था भएकोले बालबालिकाहरूको प्रतिभाको उच्च मूल्याङ्कन गर्दै अघि बढ्ने लक्ष्य राखेकोले सबै बालबालिकाले पुस्तक पढ्न, सक्रिय रहन र दक्षवान् बन्न आवश्यक रहेको धारणा प्रकट गरे कार्यक्रमलाई सफल पार्न लेखा प्रमुख ओमविनोद निरौला, पुस्तकालय प्रमुख सरिता खड्का र सहायक कर्मचारी मिना पौडेलको योगदानप्रति धन्यवाद ज्ञापन गर्दै सामूहिक तस्बिर खिची कार्यक्रम समापन गरियो ।

