Matra Education आइतबार, साउन १० २०८३

एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने १०० भन्दा बढी विद्यालयका विद्यार्थीलाई मनास्लुको सम्मान

एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने १०० भन्दा बढी विद्यालयका विद्यार्थीलाई मनास्लुको सम्मान

  • मात्र एजुकेशन
  • बिहिबार, असार २१ २०८१


काठमाडौँ- मनाल्सु वर्ल्ड कलेजले एसइई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले एसइईमा सर्वोत्कृष्ट अंक ल्याउने विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा करिब १०० भन्दा बढी विद्यालयका ३०० विद्यार्थीहरू सम्मानित भएको मनास्लुले जनाएको छ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयबाट शिक्षक, विद्यार्थी, अभिभावक, वि.व्य.स प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने मनास्लुका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मनास्लु वर्ल्ड कलेजका कार्यकारी निर्देशक तथा प्रिन्सिपल राजन श्रेष्ठले आफ्नो शिक्षण पेसामा लाग्दा देखिको अनुभव सुनाउँदै हिजोको त्यही सङ्घर्षले आज मनास्लु जस्तो प्रतिष्ठित शैक्षिक संस्था बनाउन सकेको बताए। नेपाली कलेजहरूमा खुट्टा तान्ने प्रवृत्ति र अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले त्यसले राम्रा शैक्षिक संस्थालाई चुनौती थपिएको उल्लेख गरे। सस्तोमा भर्ना गर्ने, सित्तैमा पढाउँछौ भन्ने अनि १२ कक्षामा महँगो शुल्क असुल्ने त्यस्ता कलेजहरू बाट टाढा रहन विद्यार्थीलाई सुझाव दिँदै उनले ‘एक्स्पाइरी डेट’ नजिकै आएका संस्थाहरूले त्यस्तो व्यवहार देखाएको उल्लेख गरे। विद्यार्थीले नामका लागि मात्रै दौडने नभई आफ्नो भविष्य बनाउने किसिमको कलेज छान्नुपर्ने भन्दै उनले सुरुवात देखि नै आफूलाई गुणस्तरको पर्यायको रूपमा उभ्याएको मनास्लु सुन्दर भविष्य बनाउन चाहनेहरूका लागि सही गन्तव्य भएको पनि बताए।

कार्यक्रमको बिच बिचमा मनास्लुका विद्यार्थीहरूले देखाएको विभिन्न सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई अझै आकर्षक बनाएको थियो।

कार्यक्रमका तस्बिरहरु यहाँ  र यहाँ  क्लिक गरेर हेर्न सकिन्छ।

सम्मानित विद्यार्थी मध्ये एसइईमा ४ जिपिए ल्याउन सफल फरक फरक विद्यालयका दुई विद्यार्थीहरूले कार्यक्रममा आफ्नो धारणा राखेको थिए। उनीहरूले आफूहरूको सफलतामा आफ्नो अभिभावक र विद्यालयको अतुलनीय योगदान रहेको बताए। त्यस्तै मनास्लु जस्तो प्रतिष्ठित कलेजले सम्मान गरेकोमा गौरव महसुस भएको भन्दै उनीहरूले कलेज प्रशासनलाई धन्यवाद दिए।

कार्यक्रम समापन गर्दै कार्यक्रमका सभापति तथा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले उपस्थित सबैलाई धन्यवाद दिए । एसइई पछिको समय विद्यार्थीहरूको भविष्य निर्धारणको समय भएकाले कार्यक्रमले कहीँ न कहीँ सही निर्णय लिन विद्यार्थीलाई सहयोग पुर्‍याउने विश्वास आफूले लिएको उनको भनाइ थियो। परीक्षामा अब्बल साबित हुने विद्यार्थीलाई बधाई दिएका उनले कमजोर जिपिए आयो भनेर हतोत्साहित नहुन पनि सम्बन्धित विद्यार्थीहरूलाई आग्रह गरे। आज प्राप्त गरेको जिपिएले कसैको जिन्दगी निर्धारण गर्न नसक्ने हुँदा आफू भित्र रहेको प्रतिभा पहिचान गरी त्यसलाई विकास गर्न तिर लागे प्रत्येक व्यक्ति सफल हुनसक्ने उल्लेख गरे। नेपाली विद्यार्थीहरूमा बढी जिपिए आए विज्ञान विषय नै पढ्नुपर्छ भन्ने भ्रम पनि व्याप्त रहेको भन्दै त्यसबाट बाहिर निस्कन र आफ्नो रुचि, क्षमता अनुसारको विषय छान्न पनि उनले सुझाव दिए।

उत्कृष्ट अंक प्राप्त गरेका र विशेष प्रतिभा भएका विद्यार्थीहरूले मनास्लुमा भर्ना हुन चाहे कलेजले ७५% – १००% सम्म छात्रवृत्ति दिने घोषणा समेत उनले गरे। यो अफर एक हप्ता सम्मका लागि रहने भएको छ। उत्कृष्ट प्लस टु छनोटका लागि केही टिप्स पनि दिएका उनले पूर्ण मानव बनाउने र प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने उद्देश्य बोकेको मनास्लु वर्ल्ड कलेज विद्यार्थीको प्लस टु अध्ययनको उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै कार्यक्रम अन्त्य गरे ।

कार्यक्रममा सहभागी विद्यार्थी तथा अभिभावकहरूले समानका लागि मनास्लु वर्ल्ड कलेजलाई धन्यवाद दिए भने प्लस टु अध्ययनका लागि आफ्नो पहिलो रोजाइ मनास्लु नै हुने पनि बताए।

तपाईँ प्लस टु का लागि मनास्लु किन रोज्ने भन्ने बुझ्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर मात्र एजुकेसनले तयार पारेको सामग्री पढ्न सक्नुहुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड