काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०८० सालको माध्यमिक शिक्षा परीक्षा पूरक (ग्रेडवृद्धि) को समय तालिका सम्बन्धी सूचना प्रकाशित गरेको छ।
बोर्डले असार १६ गते गरेको निर्णय अनुसार २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने / गराउने निर्णय भए अनुसार परीक्षा तालिका प्रकाशन गरिएको हो।
बोर्डले दिएको जानकारी अनुसार बिहान ११:०० बजेदेखि २ः०० बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षा तालिका यस्तो रहेको छ:

बोर्डले परीक्षाको आवेदन फाराम परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट बाट डाउनलोड गरी भर्न सकिने उल्लेख गरेको छ। त्यस्तै कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नहुने बोर्डले सूचित गरेको छ। परीक्षा फारम बोर्डको वेबसाइट बात डाउनलोड गरी भरेर सम्बन्धित विद्यालय मार्फत मिति २०८१ साउन १६ गतेसम्ममा शिक्षा विकास तथा समन्वय इकाईमा पेस गर्नुपर्ने बोर्डले जनाएको छ ।