काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, (कक्षा १०) सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को पुनर्योग सम्बन्धी सूचना प्रकाशित गरेको छ।
बोर्डले २०८० सालको नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी मिति २०८१ साल असार ३१ गते सम्ममा निवेदन दिन सक्ने जनाएको हो।
अनलाइन फाराम भर्ने प्रक्रिया:
फाराम भर्नका लागि यहाँ क्लिक गर्नुहोस्। त्यसपछि स्टुडेन्ट पेमेन्टमा क्लिक गर्नुहोस्। सिम्बोल नं र जन्ममिति राखेर खोज्नुहोस्। कुन विषय पुनर्योग गर्ने हो, त्यो छान्नुहोस्। इसेवा अथवा खल्ती वालेट बाट शुल्क तिर्नुहोस्। अब तपाईँको मोबाइलमा आवेदन प्राप्त भएको सन्देश आउँछ। पुनर्योग भएर नतिजा सार्वजनिक हुने समय भएपछि नतिजाका लागि बोर्डको वेबसाइट हेर्नुहोस्।
