काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेपछि दोलखा चरिकोटकी लक्ष्मी लामा प्लस टु पढ्नका लागि काठमाडौँ आइन्। उत्कृष्ट प्लस टु कलेजको खोजीमा रहेकी उनी कलेज छनोटकै लागि थुप्रै शैक्षिक संस्था पुगे पनि उनको मन कतै अडिएन। कलेजहरू घुम्ने क्रममै उनी चुच्चेपाटी चाबहिलमा रहेको मनास्लु वर्ल्ड कलेज आइपुगिन्। कलेजको बारेमा बुझ्दै गर्दा उनलाई त्यहाँको प्रशासन, कलेजले बोकेको लक्ष्य, कलेजको भौतिक पूर्वाधार र शैक्षिक वातावरणले लोभ्यायो। त्यसैले उनले निर्णय गरिन् मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ भर्ना हुने। लक्ष्मीले यो निर्णय गर्दै गर्दा मनास्लु वर्ल्ड कलेज भर्खरै स्थापना भएको थियो। २० वर्ष भन्दा बढी शिक्षा क्षेत्रमा काम गरिसकेका शैक्षिक व्यक्तित्वहरूले त्यति बेला यो कलेज भर्खरै सुरु गरेका थिए। मनास्लु बाट प्लस टु अध्ययन सकेकी उनले आइओएमको एमबिबिएस परीक्षा दिएर पूर्ण छात्रवृत्तिमा नाम निकालिन्। हाल एमबिबिएस अध्ययनरत उनी मनास्लुले दुई वर्षमै आफ्नो पढाइमा आमूल परिवर्तन ल्याइदिएको बताउँछिन्।
त्यस्तै तेह्रथुमकी आकृति लिम्बु पनि यस्तै दुबिधा बोकेर मनास्लु वर्ल्ड कलेज आइपुगेकी थिइन्। कक्षा ११ र १२ मनास्लु वर्ल्ड कलेजमा ‘बिजनेस स्टडिज’ पढेकी उनले उत्कृष्ट हुनका लागि विज्ञान संकाय अन्तर्गतका विषय नै पढ्नुपर्छ भन्ने भ्रम चिर्न सफल भइन्। मनास्लु बाट प्लस टु अध्ययन पुरा गर्नासाथ युसेफ मार्फत संयुक्त राज्य अमेरिकामा अध्ययनका लागि तयारी थालेकी उनले अमेरिकामा आफूले रोजेको विश्वविद्यालयमा पढ्न पाउने गरी शत प्रतिशत छात्रवृत्तिमा नाम निकाल्न सफल भइन्। हाल उनी क्यालिफोर्निया स्थित ‘सोका युनिभर्सिटी अफ अमेरिका’ मा अध्ययनका लागि अगस्टमा त्यस तर्फ जाने तयारीमा छिन्।

सिन्धुपाल्चोकका सुजन तामाङले पनि मनास्लु वर्ल्ड कलेज बाट प्लस टु अध्ययन पुरा गरे। कलेजको प्रथम ब्याचका विद्यार्थी उनले अघिल्लो शैक्षिक यात्राको तयारीका क्रममा भारतीय दूतावासले प्रदान गर्ने ‘महात्मा गान्धी स्कलरसिप’ मा पूर्ण छात्रवृत्तिमा नाम निकालेर हाल अध्ययनरत रहेका छन्। उनी मनास्लुले आफूलाई सक्षम बनाउन ठुलो योगदान गरेको बताउँछन्।
काठमाडौँकी फरिन बानु मनास्लु बाट प्लस टु अध्ययन गर्दा मेधावी छात्रा थिइन्। उनी कक्षा १२ को बोर्ड परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गरी कलेज टपर बनिन्। शैक्षिक रूपमा उत्कृष्ट भएकाले उनलाई मनास्लुले आफ्नै स्कुलमा शिक्षिका बनाउने प्रस्ताव गर्यो। पढ्दै कमाइने भएपछि उक्त प्रस्ताव स्वीकारेकी उनी हाल राम्रो सेवा सुविधा लिएर मनास्लु स्कुलमा शिक्षिका बनेकी छिन्।
यो क्रम यतिमै रोकिँदैन। मनास्लुमा प्लस टु अध्ययन पश्चात् महेन्द्र खड्का पूर्ण छात्रवृत्तिमा नाम निकालेर काठमाडौँ विश्वविद्यालयमा एमबिबिएस अध्ययनरत छन्। त्यस्तै आयुष कक्षपति आइओएम अन्तर्गत बिएससी नर्सिङमा नाम निकालेर हाल अध्ययनरत छन्। त्यस्तै निकेश कपालीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षामा उत्कृष्ट नतिजा निकाल्दै पूर्ण छात्रवृत्तिमा अध्ययनरत छन्। यी सबै विद्यार्थीहरू मनास्लुले बनाइदिएको शैक्षिक पृष्ठभूमिले आफूहरू सफल हुन सकेको धारणा राख्छन्।
हाल मिस मनास्लु बनेर कलेजको ब्रान्ड एम्बेस्डर हुने अवसर पाएकी स्यारुन लामा वाइबा आफूले कहीँ नपाएको सफलता मनास्लुमा आएपछि पाएको बताउँछिन्। सानैदेखि ‘ब्युटी पेजेन्ट र मोडलिङ’ मा रुचि भएकी उनले १२ वर्षकी हुँदा राइजिङ स्टार ब्युटी पेजेन्ट नामक प्रतियोगिता बाट यात्रा सुरु गरेकी थिइन्। त्यसपछि १६ वर्षको हुँदा मिस एसइई प्रतियोगितामा भाग लिएकी उनले टप १२ मा स्थान बनाउँदै एउटा सबटाइटल जितिन्। त्यसपछि मनास्लुमा आएकी उनी आफू कलेजमा आउँदा १०% भएर आएको र त्यहाँ आएपछि ९०% हुन सकेको बताउँछिन्। विशेष गरी वक्तृत्व र आत्मविश्वासको सिप मनास्लुमा आएर सिकेको उनको भनाई छ। मिस मनास्लुको ताज पहिरिए सँगै ठुला- ठुला प्रतियोगिताहरूमा भाग लिएर आफ्नो सपना पुरा गर्ने आँट आफूले पाएको उनी बताउँछिन्।

यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा कलेज टप गर्न सफल सुप्रदा कुइँकेलले शंकर देव क्याम्पसमा अध्ययनका लागि हजारौँ विद्यार्थीका बिचमा प्रतिस्पर्धा गर्दै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत बिबिए पढ्नका लागि प्रवेश परीक्षामा टप १० भित्र नाम निकाल्न सफल भएकी छिन्। त्यस्तै अर्का विद्यार्थी कुबेर गुरागाईँले कानुन संकाय अन्तर्गत नेपाल ल क्याम्पस नाम निकालेर अध्ययन गरिरहेका छन्।
यी त केही प्रतिनिधि पात्र मात्रै हुन्। मनास्लुमा प्लस टु पढ्ने प्राय सबै विद्यार्थीहरूले यस किसिमका कुनै न कुनै सफलता हात पारेकै छन्। उत्कृष्ट शिक्षा सँगै खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रतिभा पहिचान र क्षमता विकास लगायतका लागि कलेजले दिने अवसर विद्यार्थीका लागि जीवनभरका लागि हुने उपलब्धिहरू हुन्।
मनास्लुमा नै प्लस टु किन पढ्ने ?
त्यसो त माथि उल्लेखित सफलताका कथाहरू जस्तै सफलता प्राप्त गर्न नै मनास्लु वर्ल्ड कलेज रोज्नुपर्ने हुन्छ। त्यस बाहेक स्पष्ट भिजन र मिसन भएको व्यवस्थापनले सञ्चालन गरेको भएकाले पनि यो कलेज आज धेरै विद्यार्थीहरूको रोजाइको कलेज बन्न पुगेको छ। स्थापना कालमा गरेको बाचा अनुरूप स्तरीय शैक्षिक व्यवस्थापन गर्दै यो कलेज हालसम्म चाबहिल क्षेत्रकै सम्भवतः एक मात्र ‘आइएसओ सर्टिफाईड’ कलेज बन्न सफल भएको छ। आइएसओ मात्रै होइन, मनास्लु व्यवस्थापनले आफ्नो उद्देश्य भनेर किटान गरेको र विद्यार्थी अभिभावकलाई दिएको सबै आश्वासनहरू करिब पुरा गरिसकेको छ।

राजधानीको चाबहिल चुच्चेपाटि स्थित के.एल. टावर सँगै रहेको यो कलेज पुग्न सजिलो छ। चक्रपथ सडकको कोटेश्वर, महाराजगन्ज, जोरपाटी र बौद्ध-महाकाल चारैतिर बाट आउँदा सार्वजनिक यातायातको पहुँच यहाँ छ। आफ्नै खाले विशेषता बोकेको कारण पनि यो कलेज अरू भन्दा पृथक् छ। खासगरि जीवनोपयोगी शिक्षा दिनुपर्छ र २१ औँ शताब्दीमा कुनै डिग्री हासिल गरेको व्यक्ति कागजको खोस्टो मात्रै भएको बेरोजगार बन्नु हुँदैन भन्ने कुरामा कलेज प्रशासन सचेत छ। त्यस्तै किताबको परीक्षा सँगै जीवनको परीक्षा पास हुनुपर्छ, सुखी मात्रै होइन खुसी हुन सक्नुपर्छ र आजको मानव उद्यमशील हुनुपर्छ भन्ने सिद्धान्त बाट कलेज निर्देशित छ।
‘अ होम फर फ्युचर लिडर्स’ अर्थात् भावी नेतृत्वको घर भन्ने नारासहित स्थापित यस कलेजले हरेक क्षेत्रमा सक्षम नेतृत्व जन्माउने प्राथमिक उद्देश्य राखेको छ। त्यसका लागि कलेजले विद्यार्थीले रोजेको विषयमा प्रयोगात्मक र सिपमूलक ज्ञान दिने गर्दछ। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकाय सञ्चालित छ र यी संकायमा भर्ना भएका विद्यार्थीले कोर्सको माग अनुसारकै प्रयोगात्मक ज्ञान लिन्छन्। त्यसका लागि कलेजले बैंक सम्बन्धी तालिम, होटेल व्यवस्थापन सम्बन्धी तालिम आदि सञ्चालन गर्दै आएको छ। त्यस्तै मानविकीमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा दिइन्छ। विद्यार्थीहरू सिप नभएर बेरोजगार हुन नपरोस् भन्ने उद्देश्यले तालिम लिन चाहने विद्यार्थीलाई कलेजले फोटोग्राफी, भिडियोग्राफी, ग्राफिक डिजाइनिङ आदिको तालिम पनि दिने गरेको छ। कानुन संकाय पढ्ने विद्यार्थीका लागि कानुनका विज्ञहरू ल्याएर र अदालत भ्रमण गराएर पनि कलेजले आजको परिवेश सुहाउँदो शिक्षा दिने गरेको छ। त्यस्तै फरक फरक विषयका लागि कलेजले फरक फरक सुविधा सम्पन्न ल्याबहरूको व्यवस्था गरेको छ।


आफ्ना विद्यार्थीहरूको असल चरित्र र संस्कार निर्माणमा समेत मनास्लु वर्ल्ड कलेजले विशेष ध्यान दिने गरेको छ। त्यसका लागि आजको पुस्ताका विद्यार्थीको मनोभावना बुझ्न सक्ने दक्ष र तालिमप्राप्त अध्यापकहरू मनास्लुले छनोट गरेको छ। विद्यार्थी केन्द्रित शिक्षण सिकाइ पद्धति अवलम्बन गर्ने यी अध्यापकहरू उच्च शैक्षिक योग्यता र अनुभव प्राप्त छन्। शिक्षण सिकाइलाई एउटा रोचक प्रक्रिया बनाउनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेज विद्यार्थीमा अन्तर्निहित रहेका रुचि र प्रतिभा विकास गरी त्यसैलाई उसको भविष्य बनाउने प्रयास गर्छ।
मनास्लुको अर्को प्रमुख विशेषता हो अतिरिक्त क्रियाकलाप। खासगरी स्कुल तह पार गरिसकेपछि अतिरिक्त क्रियाकलाप कम हुने र त्यसले विद्यार्थीको सिकाइप्रतिको अभिरुचि कम हुने बुझेको मनास्लु व्यवस्थापनले क्याम्पस तहमा पनि अतिरिक्त क्रियाकलापलाई पहिलो प्राथमिकतामा राखेको छ। त्यसैले मनास्लुमा फुटबल, बास्केटबल, भलिबल, गायन, नृत्य लगायतका अन्य थुप्रै प्रतियोगिताहरू नियमित सञ्चालन हुन्छन्। कलेजले त्यसका लागि मनास्लु आइडल, मनास्लु डान्सिङ स्टार र मिस्टर एण्ड मिस मनास्लु जस्ता प्रतियोगिता हरेक वर्ष आयोजना गर्छ। यस्ता कार्यक्रमहरूले विद्यार्थीको आत्मविश्वास बढ्ने, थप मेहनत गर्ने प्रेरणा मिल्ने र उ भित्र लुकेर रहेका प्रतिभा प्रस्फुटित हुने कलेजको विश्वास छ। यिनै गतिविधिहरूका कारण हरेक क्षेत्रमा अब्बल मनास्लुका विद्यार्थी आज आ-आफ्नो क्षेत्रमा प्रखर छन्। विशेष गरी खेलकुदका प्रतिष्ठित कपहरू जित्दै आएको मनास्लु राष्ट्रिय टिम सम्ममा स्थान बनाउन सफल भएको छ। यो वर्ष त बास्केटबलको उपत्यकामा भएका प्राय सबै प्रतियोगिताहरूमा मनास्लुले आफ्नो दबदबा राख्दै पुरस्कारहरू प्राप्त गरेको छ।

कुनैपनी शैक्षिक संस्थाको वातावरण र भौतिक पूर्वाधारले त्यहाँ लिन सकिने ज्ञानको मात्रालाई पनि प्रतिनिधित्व गर्दछ। त्यही कारण मनास्लुले शान्त तथा पारिवारिक वातावरणमा विश्व स्तरीय भौतिक संरचनाहरूको संयोजन गराएको छ। क्याम्पसका प्रत्येक कक्षाकोठामा एसी, प्रोजेक्टर लगायतका आधुनिक सामग्री जडित छन् जसले आधुनिक शिक्षण प्रक्रियालाई सहज बनाएको छ। त्यस्तै कलेज हाताभित्र हजारौँ पुस्तक र अध्ययन सामग्रीहरू सहितको पुस्तकालय सञ्चालनमा छ भने विद्यार्थीहरूले लग इन गरेर असीमित अध्ययन सामग्रीहरू प्राप्त गर्न सक्ने इ-लाइब्रेरीको सुविधा समेत कलेजले उपलब्ध गराउँछ।

त्यस बाहेक यो वर्ष मनास्लु बाट अध्ययन पुरा गरेर थप अध्ययनका लागि विदेश गएकाहरूमा पूर्ण छात्रवृत्ति पाएर अमेरिका जानेहरूको सङ्ख्या धेरै छ। अन्य शैक्षिक संस्थाहरूले हाम्रा विद्यार्थीको यति भिसा लाग्यो भनेर सस्तो प्रचार गरिरहँदा मनास्लु भने पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सक्ने जनशक्ति उत्पादन गरेर गर्वसाथ उभिएको छ। त्यस्तै हरेक वर्ष फरक देशमा हुने ‘इन्टरनेसनल कल्चर एक्सचेन्ज प्रोग्राम’ लगायतका कार्यक्रमले पनि मनास्लुको पृथक् पहिचान झल्काउँछन्।
प्रमाणपत्र मात्रै दिने भन्दा पनि जीवनोपयोगी सिप दिनुपर्छ, २१ औँ शताब्दीको विद्यार्थी आफ्नो क्षेत्रको नेतृत्व गर्न सक्ने र विश्व स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ, आजको विद्यार्थी जागिर खाने होइन सिप सिकेर जागिर दिने उद्यमशील भावनाको हुनुपर्छ भन्ने मान्यता राख्ने मनास्लु वर्ल्ड कलेज यिनै विशेषताहरूका कारण तपाईँका लागि उपयुक्त प्लस टु कलेज हो। तपाईँ थप जानकारी लिनका लागि यहाँ क्लिक गरेर मनास्लुको वेबसाइट र यहाँ क्लिक गरेर फेसबुक पेज सँग पनि जोडिन सक्नुहुन्छ।