Matra Education आइतबार, साउन १० २०८३

एसइई बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आजै नतिजा आउने सम्भावना न्यून

एसइई बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, आजै नतिजा आउने सम्भावना न्यून

  • मात्र एजुकेशन
  • बुधबार, असार १३ २०८१


फाइल तस्बिर

काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले नतिजा प्रकाशन बारे निर्णय गर्नका लागि आज बैठक बस्न लागेको जानकारी दिए। बोर्डको बैठक बस्न लागे पनि नतिजा आजै प्रकाशित हुने सम्भावना भने न्यून रहेको उनको भनाई छ।

‘बोर्डको पूर्व तयारी बैठक बस्दै छ । त्यसमा आज नै नतिजा सार्वजनिक गर्ने विषयमा निर्णय हुने सम्भावना कम छ,’ अध्यक्ष शर्माले भने । बैठक बस्न लागेको भए पनि प्राविधिक कार्य नसकिएको हुँदा आज नतिजा प्रकाशन गर्न कठिन छ । त्यो काम सम्पन्न भएको खण्डमा भने आजै नतिजा प्रकाशन बारे निर्णय गर्ने बोर्डको तयारी छ ।

नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागेको छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् । र पुनः ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ । गत चैत १४ गतेदेखि सञ्चालन भएको एसइईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड