Matra Education आइतबार, साउन १० २०८३

त्रि–ज्योति माविमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न

त्रि–ज्योति माविमा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न

  • मात्र एजुकेशन
  • आइतबार, असार १० २०८१


काठमाडौँ- त्रि–ज्योति मा.वि.मा चौथो नेपाल–इण्डो अन्तर्राष्ट्रिय च्याम्पियनसिप कराँते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । नेपाल र भारतका गोजूरियो कराँतेका खेलाडीहरूका बिचमा आयोजित उक्त अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा १६० जना विभिन्न तौल समूहका खेलाडीहरूले भाग लिएका थिए ।

गोजूरियो कराँते काठमाडौँ जिल्ला संघका अध्यक्ष विनोदकुमार तामाङको सभापतित्वमा आयोजित उक्त प्रतियोगितामा प्रमुख अतिथिको रूपमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी उद्घाटन सत्रमा थिए भने समापन सत्रमा बागमती प्रदेश सभाका सभासद् जयराम थापा रहेका थिए । विशेष अतिथिका रूपमा बुनपा–११ का वडा प्रमुख राजु अधिकारी, बुनपा–०८ का सुमन तामाङ, बुनपा–१२ का शम्भुप्रसाद भट्टराई, कार्यपालिका सदस्य शान्ता पुडासैनी, नेपाल कराँते महासंघका उपाध्यक्ष हरिशरण के.सी, त्रि–ज्योति मा.वि. का प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदी, सहित विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने प्रतिष्ठित व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए ।

इण्डो–नेपाल गोजूरियो कराँते प्रतियोगितामा विभिन्न तौल र उमेर समूहका प्रथम, द्वितीय, तृतीय भएका खेलाडीहरूलाई प्रमाणपत्रको प्रबन्ध गरिएको थियो । प्रतियोगितामा नेपालले प्रथम पुरस्कार प्राप्त गर्‍यो भने भरत दोस्रो भएको थियो ।

त्रि–ज्योति मा.वि. को मैदानमा आयोजित उक्त प्रतियोगितामा विद्यालयको तर्फबाट स्वागत नृत्य राखिएको थियो । आयोजकले भारतबाट आएका खेलाडीहरूलाई भव्य स्वागत र बिदाइ गरेको प्रतियोगिताका संयोजक दिपक लामाले जानकारी दिए । “स्वास्थ्यको लागि खेल, राष्ट्रको लागि खेल” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड