Matra Education आइतबार, साउन १० २०८३

फरक क्षमतालाई त्रि–ज्योतिमा सम्मान

फरक क्षमतालाई त्रि–ज्योतिमा सम्मान

  • मात्र एजुकेशन
  • आइतबार, असार १० २०८१


काठमाडौँ- कपन स्थित त्रि–ज्योति मा.वि.ले फरक क्षमता भएका व्यक्तिहरूलाई सम्मान तथा सामाग्री वितरण कार्यक्रम आयोजना गरेको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १२ को मुख्य पहल र बाल सचेतना सेवा केन्द्रको सक्रिय सहभागितामा वडाभित्रका फरक क्षमता भएका नागरिकहरूमा उत्साह, हौसला र सम्मान गर्ने प्रयोजनले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित उक्त सम्मान कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, कार्यपालिका सदस्य शान्ता पुडासैनी, त्रि–ज्योति मा.वि.का प्राचार्य गणेशकुमार मिश्र, विभिन्न टोल सुधार समितिका अध्यक्षहरू, महिला समूहका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।

फरक क्षमता भएका नागरिकहरूलाई सम्मान पत्र र एक–एक टेबल फ्यान निःशुल्क प्रदान गरिएको जानकारी आयोजकले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड